अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालमा पनि विशेष कार्यक्रमसहित मनाइने
सारांश
- राष्ट्रिय सहकारी महासङ्घले अन्तर्राष्ट्रिय सहकारी दिवस विशेष कार्यक्रमका साथ मनाउने भएको छ।
- यस वर्षको नारा 'राम्रो संसारको लागि समावेशी र दिगो समाधानहरूको नेतृत्व' रहेको छ।
- कार्यक्रममा महिला उद्यमशीलता, युवा सहभागिता र सहकारी सुशासनका एजेन्डालाई प्राथमिकता दिइनेछ।
काठमाडौँ । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड, नेपालले अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ विशेष कार्यक्रमसहित मनाउने भएको छ । सहकारीहरूको विश्वव्यापी योगदानलाई उजागर गर्दै समावेशी, दिगो र मानवीय मूल्यमा आधारित सहकारी विकासमा जोड दिने उद्देश्यले शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन लागेको महांसघकी अध्यक्ष ओमदेवी मल्लले बताइन् ।
यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम ‘सहकारी :राम्रो संसारको लागि समावेशी र दिगो समाधानहरूको नेतृत्व’ रहेको छ । अध्यक्ष मल्लका अनुसार कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नेछन् ।
उनले महिला उद्यमशीलता, युवा सहभागिता र सहकारी सुशासनका एजेन्डालाई प्राथमिकतामा राखेर कार्यक्रम मनाइने पनि बताइन् । कार्यक्रममा अन्तर्राष्ट्रिय थिममा आधारित कार्यपत्र प्रस्तुति, हेफर इन्टरनेशनल नेपाल र महासङ्घको संयुक्त अध्ययन प्रतिवेदन सार्वजनिक, महिला सहकारी संस्थाहरूका उत्पादनहरूको प्रदर्शनी तथा सहकारी मैत्री नीति निर्माणप्रति नीति निर्माता र सरोकारवालाहरूको प्रतिबद्धता घोषणा लगायतका प्रस्तुत गरिने अध्यक्ष मल्लको भनाइ छ ।
कार्यक्रममा सहकारी क्षेत्रमा विशेष योगदान दिएका संघ-संस्थाहरू, कर्मचारी, पत्रकार र व्यक्तिलाई सम्मान र पुरस्कार पनि प्रदान गरिने बताइएको छ । कार्यक्रमले लोकतान्त्रिक र समुदायमुखी सहकारी सेवा विस्तारमा टेवा पुर्याउने विश्वास लिइएको छ । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण