अनावश्यक ठाउँमा बजेट विनियोजन गरिएको भए कार्यान्वयन हुँदैन : मुख्यमन्त्री शाह
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेटमा अनावश्यक ठाउँमा बजेट विनियोजन गरिएकाे भए कार्यान्वयन नहुने बताएका छन् ।
शुक्रबार धनगढीमा आयोजित नेपाल वन प्राविधिक सङ्घ सुदूरपश्चिम प्रदेश कार्यसमितिको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री शाहले भने,“बजेटभित्र समेटिएका कुनै पनि कार्यक्रम, योजनामा निहीत स्वार्थका आधारमा बजेट विनियोजन भएको छ भने ती कुनै योजना कार्यान्वयन हुँदैनन् । बजेट निर्माणका समयमा विभिन्न टीका टिप्पणी आएका छन् । सही र गलत के हो भनेर विश्लेषण गर्नुपर्ने र त्यसलाई मैले पनि आफूले गम्भीरतापूर्वक लिएको छु ।”
उनले सबैले विधि, प्रक्रिया र पद्धतिलाई स्थापित गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै इमानदारिताका साथ काम गर्न सबैलाई आग्रह गरे । उनले एउटा नेतृत्व र सरकारका हिसाबले आफू सधैँ जनताको पक्षमा रहने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’
-
गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि
-
अपराजित यात्रा कायाम राख्ने दाउमा बेल्जियम, सलाहको इजिप्टसँग कस्तो छ हेड-टु-हेड?
-
छिन्नमस्ता गाउँपालिकाबाटै कर सेवा सुरु, अब प्यान र कर चुक्ताका लागि राजविराज जानु नपर्ने
-
नेपालको पर्यटकीय सम्भावनाबारे हङकङमा प्रचारप्रसार
-
यी समस्या भएकाले खानु हुन्न गाईको घिउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण