बागमती सरकारले बनायो १ हजार ७४२ किलोमिटर कालोपत्रे सडक
सारांश
- बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म १ हजार ६४०.१९ किलोमिटर पक्की सडक निर्माण गरेको छ ।
- प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ देखि चालु आर्थिक वर्षको फागुन समान्तसम्ममा ७०१.०६ किलोमिटर नयाँ सडक निर्माण गरेको छ ।
- प्रदेश सरकारले २०८२ फागुनसम्म बागमती प्रदेशभित्रका ११९ वटै स्थानीय तहको केन्द्रसम्म सडक सञ्जाल जोडेको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले पछिल्लो ६ वर्षको अवधिमा करिब १७ सय किलोमिटर कालोपत्रे (पक्की) सडक निर्माण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म १ हजार ६४०.१९ किलोमिटर पक्की सडक निर्माण गरेको हो ।
प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८३ अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा २७९.७५ किलोमिटर पक्की सडक निर्माण गरेको थियो भने आर्थिक वर्ष २०७८/०७९ मा २६४.७३ किलोमिटर, आर्थिक वर्ष २०७९/०८० मा ४००.८० किलोमिटर, आर्थिक वर्ष २०८०/०८१ मा २९०.५१ किलोमिटर, २०८१/०८२ मा २७८.३२ किलोमिटर र चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्ममा १२६.०८ किलोमिटर पक्की सडक निर्माण भएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ देखि चालु आर्थिक वर्षको फागुन समान्तसम्ममा ७०१.०६ किलोमिटर नयाँ सडक निर्माण गरेको छ भने ८३३.४० किलोमिटर खण्डित सडक स्तरोन्नति, २ हजार ७८.९० किलोमिटर नियमित सडक मर्मत गरेको छ । चालु आर्थिक वर्ष (२०८२/०८३) को फागुन मसान्तसम्म प्रदेश सरकारबाट सडक पूर्वाधारतर्फ १३.५४ किलोमिटर नयाँ सडक ट्रयाक निर्माण गरिएको छ भने ८२.१५ किलोमिटर खण्डस्मित (ग्राभेल) सडक र १२६.०८ किलोमिटर पक्की (कालोपत्रे) सडक निर्माण गरिएको छ ।
सडक यातायातलाई सहज बनाउन ४७६.१ किलोमिटर सडक नियमित मर्मत र ५७.६४ किलोमिटर सडकको आवधिक मर्मत गरिएको छ ।
बागमती प्रदेशमा सडक तथा पुल पूर्वाधारको क्षेत्रको विकासका लागि प्रादेशिक यातायत गुरुयोजनामा रहेका सडक पूर्वाधारतर्फ चालु आर्थिक वर्षको फागुन मसान्तसम्म प्रादेशिक लोकमार्ग अन्तर्गत पक्की सडक (कालोपत्रे र ढलान) १६६.२८८ किलोमिटर र खण्डस्मित सडक ४८.९१८ किलोमिटर निर्माण भएको छ ।
त्यसैगरी, प्रादेशिक मार्ग अन्तर्गत पक्की सडक (कालोपत्रे र ढलान) ४२८.५०९ किलोमिटर र खण्डस्मित सडक १३६.८४४ किलोमिटर निर्माण गरिएको छ भने सहरी तथा स्थानीय सडक अन्तर्गत पक्की सडक (कालोपत्रे र ढलान) १ हजार ४९६.६९ किलोमिटर र खण्डस्मित सडक ८५६.४२८ किलोमिटर निर्माण गरिएको छ ।
स्थानीय तहको केन्द्रसम्म पहुँच
प्रदेश सरकारले २०८२ फागुनसम्म बागमती प्रदेशभित्रका ११९ वटै स्थानीय तहको केन्द्रसम्म सडक सञ्जाल जोडेको छ । जसमध्ये ९० वटा स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुगिसकेको छ भने बाँकी २९ वटा स्थानीय तहका केन्द्रलाई पक्की सडकसँग जोड्न बाँकी छ ।
प्रदेश सरकारको आर्थिक सर्वेक्षण अनुसार प्रदेशको दोलखाको २ स्थानीय तहको केन्द्रलाई पक्की सडकले जोड्न बाँकी छ । उक्त स्थानीय तहमा कच्ची सडक निर्माण भइसकेको छ । रामेछापको ४, सिन्धुलीको १, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोकका ३/३, रसुवाका २, नुवाकोटका ५ र धादिङका ४ स्थानीय तहलाई पक्की सडकले जोड्न बाँकी छ । चितवनको सबै स्थानीय तहको केन्द्रमा पक्की सडकले जोडिएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म १४७ वटा सडक पुल निर्माण गरेको छ । प्रदेश सरकारले उक्त अवधिमा ३५ वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।
गत आर्थिक वर्ष (२०८१/०८२) मा कुल ३८ वटा सडक पुल र ७ वटा झोलुङ्गे पुल निर्माण गरेको प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म थप २० वटा सडक पुल र ३ वटा झोलुङ्गे/ट्रस पुल निर्माण गरिसकेको छ ।
प्रदेश सरकारले सडक पुल निर्माण सबैभन्दा बढी मकवानपुरमा गरेको छ । हेटौंडा–काडमाडौँ जोड्ने सडक सहित मकवानपुरका विभिन्न स्थानमा हालसम्म १७५ वटा सडक पुल निर्माण गरिएको छ । नुवाकोटमा १९ धादिङ र सिन्धुलीमा १७/१७, चितवन र काठमाडौँमा १६, सिन्धुपाल्चोक र काभ्रेमा १५/१५, भक्तपुरमा ११, दोलखा र रामेछापमा ९/९, ललितपुरमा ६ र रसुवामा १ वटामात्र सडक पुल निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट इतिहास : १ अर्बदेखि ३६ अर्बसम्म
-
‘बिग–गेम प्लेयर’ ओयार्साबालको लोभलाग्दो लय
-
सेयर बजारमा १२.२६ अङ्कको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार
-
स्पेन र नवप्रवेशी केप भर्डे आज भिड्दै, यस्तो छ दुवै टोलीको अवस्था
-
मधेस सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट (पूर्णपाठ)
-
विकास निर्माणका काम अनुगमन गर्न मधेस सरकारले मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालनमा ल्याउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण