राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति
सुर्खेत । राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास गर्ने लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सहज भएको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले ‘राउटे संरक्षण नीति’ स्वीकृत गरेपछि राउटेको विकास र समृद्धिका लागि काम गर्न सहज भएको हो ।
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रममार्फत त्यससम्बन्धी नीति कार्यान्वयन गरिने जानकारी दिए । राउटेको कला, संस्कृति र मौलिकता जोगाउँदै सामाजिकीकरण गर्ने तथा सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीतिनिर्माण गरिएको मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले बताइन् ।
प्रदेश सरकारले बनाएको नीतिमा घुम्ती तथा खेलका माध्यमबाट शिक्षण सिकाइका गतिविधि सञ्चालन गर्ने, भाषालाई लिपिबद्ध गर्दै संस्कृतिको संरक्षण गर्ने तथा नागरिकता उपलब्ध गराउनेलगायतका विषय समावेश छ ।
नागरिकता बिना पनि सरकारबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका राउटेलाई अब नागरिकता वितरण गर्ने योजना अघि बढाइएको छ । खाम्ची भाषा बोल्ने राउटे समुदायको भाषालाई लिपिबद्ध गर्ने उल्लेख छ । लोपोन्मुख फिरन्ते जातिका रूपमा रहेको राउटे समुदायको संरक्षण गर्न राउटे कोरिडोरको अवधारणा पनि अघि सारेको छ ।
चालु आर्थिक वर्ष २०८२÷८३ मा कर्णाली प्रदेशको राउटे नीति, राउटे समन्वय समितिको अध्ययन प्रतिवेदन, विभिन्न संवैधानिक आयोगको सिफारिस तथा राउटेको विगत १० वर्षको बसोबास स्थलको नक्साङ्कन आधारमा कोरिडोरको अवधारणा अघि सारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार मेलामार्फत १६४ लाई रोजगारी
-
‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’
-
गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि
-
अपराजित यात्रा कायाम राख्ने दाउमा बेल्जियम, सलाहको इजिप्टसँग कस्तो छ हेड-टु-हेड?
-
छिन्नमस्ता गाउँपालिकाबाटै कर सेवा सुरु, अब प्यान र कर चुक्ताका लागि राजविराज जानु नपर्ने
-
नेपालको पर्यटकीय सम्भावनाबारे हङकङमा प्रचारप्रसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण