सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

पोखरामा  टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु

सोमबार, ०१ असार २०८३, १४ : १९
सोमबार, ०१ असार २०८३

सारांश

  • पोखरामा टिपरको ठक्करबाट तनहुँ बन्दीपुरका ५३ वर्षीय विष्णुबहादुर खत्रीको मृत्यु भएको छ ।
  • पोखरा-२७ डाँडाकोनाक नजिक सोमबार भएको दुर्घटनामा विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
  • गम्भीर घाइते खत्रीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पोखरा । पोखरामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं १ का ५३ वर्षीय विष्णुबहादुर खत्री छन् ।

सोमबार पोखरा–२७ डाँडाकोनाक अगाडि दुर्घटना भएको हो । विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको खत्रीले चलाएको बा८०प ३५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप