भावी सन्ततिको लागि स्वार्थ समूहसँग झुक्दिन : श्रममन्त्री भण्डारी
सारांश
- श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारका समस्या सुधार गर्दा स्वार्थ समूहको अवरोधलाई स्वीकार नगर्ने बताए।
- मन्त्रीले विदेशमा काम गर्ने नेपाली कामदारको मृत्यु गम्भीर विषय भएको र ठगी स्वीकार्य नहुने बताए।
- उनले श्रमिकको हकहितलाई ध्यान दिन र तलब सुविधा बढाउन व्यवसायीलाई आग्रह गरे।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा देखा परेका समस्यालाई सुधार गर्ने क्रममा स्वार्थ प्रेरित शक्तिशाली समूहबाट आएको अवरोध र दबाबको अगाडि आफू नझुक्ने बताएका छन् । शुक्रबार र्याडिसन होटलमा भएको नेपाल वैदेशिक रोजगार व्यवसायी नेवा: समाजको छैटौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
रोजगारीको लागि विदेश गएका नेपालीहरू विगत १६ वर्षमा १४ हजारले ज्यान गुमाउनु गम्भीर विषय भएको उल्लेख गर्दै श्रम मन्त्री भण्डारीले श्रम र पसिना बगाउन पुगेका नेपालीहरू जीवन गुमाउनु दुर्भाग्य भएको बताए । वैदेशिक रोजगारका नाममा दिनहुँ सयौँ व्यक्तिलाई ठग्ने कार्य कदापि स्वीकार्य नहुने बताए।
वैदेशिक रोजगार व्यवसाय सम्मानजनक हुनसक्ने अवस्था रहँदा रहँदै व्यवसायीले आफू व्यवसायी भनेर सम्मानपूर्वक भन्न नसक्ने अवस्था आएको बताए। वैदेशिक रोजगारमा भएको जालसाजी र ठगीलाई इङ्गित गर्दै मन्त्री भण्डारीले व्यवसायीको व्यावसायिक धर्मभन्दा अन्य विषयमा केन्द्रित नहुन आग्रह गर्दै वैदेशिक रोजगारमा जाने श्रमिकको हक हितलाई समेत ध्यान दिन सुझाव दिएका छन्।
नेपालीहरू विदेशमा समेत न्यून ज्यालामा काम गर्नु परेको विषयमा आफ्नो ध्यान केन्द्रित भएको भनाइ राख्दै नेपालीहरूले अन्य मुलुकका श्रमिककै हाराहारीमा तलब सुविधा पाउनुपर्ने अडान व्यावसायीहरुबाट पनि आउनुपर्ने आवश्यकता देखाए। युएईमा जाने श्रमिकलाई एक हजार दिराम भन्दा कमको डिमान्ड ल्याए स्वीकार नहुने बताए। बढेको तलब भत्तामा कुनै दायाँबायाँ नगरी कडाइका साथ कार्यान्वयन गर्ने भनाइ राख्दै आगामी दिनमा समेत श्रमिकको सुविधालाई क्रमशः बढाउने धारणा व्यक्त गरे। वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकलाई विकासको सारथीको रूपमा हेर्नुपर्नेमा आफूले अन्तर्राष्ट्रिय मञ्चहरूमा गम्भीरतापूर्वक उठाइसकिएको धारणा व्यक्त गरे।
आन्तरिक होस् या वैदेशिक रोजगारका समग्र क्षेत्रमा सुधारको लागी मन्त्रालयले आफ्नो कार्य योजना अघि बढाइसकेको अवस्थामा सबै सरोकारवालाहरूले भावी सन्ततीको लागि एक ठाउँमा बसेर इमानदारीपूर्वक कार्य गर्न जरुरी रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण