तस्करसँगको झडपमा घाइते सशस्त्रका ६ सुरक्षाकर्मी डिस्चार्ज
सारांश
- धनुषामा तस्कर समूहसँगको झडपमा घाइते भएका सशस्त्र प्रहरीका ६ जना सुरक्षाकर्मी डिस्चार्ज भएका छन्।
- बिहीबार राति तस्कर समूहलाई नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीमाथि ढुंगामुढा भएपछि झडप भएको थियो।
- तस्कर समूह भारततर्फ भागेका छन् भने सशस्त्र प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल बरामद गरेको छ।
काठमाडौँ । धनुषामा तस्करसँगको झडपमा घाइते भएका सशस्त्र प्रहरीका ६ जना सुरक्षाकर्मी डिस्चार्ज भएका छन् ।
बिहीबार राति विदेह नगरपालिका–२ स्थित गोबराही इलाकामा तस्कर समूहलाई नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीका सुरक्षाकर्मीमाथि उनीहरू ढुंगामुढा गरेका हुन् ।
जवाफमा सशस्त्रले १३ राउण्ड अश्रुग्याँस र ४ राउण्ड हवाई फायर गरेको थियो । झडपमा घाइते भएका ६ जना सुरक्षाकर्मी अस्पतालबाट डिस्चार्ज भएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी कालिदास धौबजीले रातोपाटीलाई बताए । उनले भने, ‘हाम्रा सबै जना सुरक्षाकर्मी डिस्चार्ज भैसकेका छन् ।’
भारतबाट १६ वटा मोटरसाइकलमा भन्सार छलिको कपडा लिएर आउँदै गरेका तस्कर समूहका सदस्यहरू भारततर्फ नै भागेका छन् ।
सशस्त्र प्रहरीको नम्बर–८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरको टोली तस्कर समूहलाई पक्राउ गर्न खटिएको थियो । घटनास्थलबाट एउटा मोटरसाइकल बरामद गरिएको डीआईजी धौबजीले बताए ।
तस्करीमा संलग्नहरूमाथि निगरानी भइरहेको डीआईजी धौवजीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गढवाका अधिकांश किशोरीमा रक्त अल्पताको समस्या
-
दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान
-
पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो
-
आफ्नै सर्वस्व दानमा बनेको आश्रममा रमाउँदै प्रधान दम्पती
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण