लहानबाट ब्राउनसुगर र नगद सहित दुई युवक पक्राउ
सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागुपदार्थ ब्राउनसुगर र करिब ३ लाख रकमसहित दुई युवकलाई पक्राउ गरेको छ ।
शुक्रबार लहान नगरपालिका ११ पडरियाबाटस्थानीय २८ वर्षिय मिथिलेश कुमार चौधरी र २४ वर्षिय राज नन्दन चौधरीलाई एक सय १८ ग्राम ६१ मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
मिथिलेशको साथबाट एक सय नौ ग्राम ब्राउनसुगर, सात हजार तीन सय १० रुपैयाँ नगद र घरमा रहेको काठको दराजबाट नेपाली दुई लाख ७५ हजार तीन सय र भारु एक हजार दुई सय ५० रुपैयाँ, सुनजस्तो पहेको धातुको तिलहरी र नेकलेश एक एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।
त्यसैगरी राजनन्दनको साथबाट ९ ग्राम ६१ मिली ग्राम ब्राउनसुगर, नगद दुई हजार एक सय, मोवाईल एकथानसहित लागुऔषध बरामद गरेको उनले बताए ।
विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूलाई आजै जिल्ला अदालत सिरहाबाट अनुसन्धानको लागि ५ दिनको म्याद थप गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण