७३ जिल्लामा पुग्यो डेंगु
सारांश
- पुसदेखि असारसम्म ७३ जिल्लामा १,६७३ डेंगुका केस पुष्टि भएका छन्।
- बागमती, गण्डकी र कोशी प्रदेशमा धेरै केस देखिएका छन् भने काठमाडौं, कास्की र सुनसरीमा पनि धेरै केस दर्ता भएका छन्।
- स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार पहिलो सेवा विन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र राख्ने निर्णय गरेको छ।
काठमाडौँ । गत पुसदेखि असार १८ गतेसम्म १ हजार ६ सय ७३ वटा डेंगुका केस पुष्टि भएका छन् । सरकारका अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म ७३ जिल्लामा गरी १ हजार ६ सय ७३ वटा डेंगुका केस पुष्टि भएका हुन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हिमाली ४ जिल्ला (डोल्पा, हुम्ला, मनाङ र रसुवा) मा भने यस वर्ष हालसम्म डेंगु सङ्क्रमणको केस नपाइएको बताए ।
सबैभन्दा धेरै बागमती प्रदेशमा ४ सय ४, गण्डकी प्रदेशमा ३ सय ५८, कोशी प्रदेशमा ३ सय ३४ वटा केस पुष्टि भएका छन् । जिल्लातर्फ सबैभन्दा धेरै काठमाडौँमा १ सय ७८ जना, कास्कीमा १ सय ३४, सुनसरीमा १ सय ५ वटा डेंगुका केस दर्ता भएको बताए ।
उनले ‘स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा ६ तथा नियमावली २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड ६ ले प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र रहने व्यवस्था गरेकाले विगतमा प्रथम सेवा बिन्दुको रूपमा विमितहरुलाई सेवा दिँदै आएका सरकारी बाहेकका अन्य सेवा प्रदायक स्वास्थ्य संस्थाबाट प्रथम सेवा बिन्दु हटाउने निर्णय भएको बताए ।
प्रवक्ता बुढाथोकीका अनुसार डेंगु सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्नु, टाउको धेरै दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु जस्ता लक्षणहरू देखिन्छन् । डेंगु सङ्क्रमित करिब ८० प्रतिशत केसहरूमा लक्षण नदेखिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण