उपत्यकाव्यापी स्थलगत आशु कविता लेखन तथा वाचन कार्यक्रम सम्पन्न
सारांश
- भानुभक्त आचार्यको जन्मजयन्ती र विद्यालयको हीरक जयन्तीको अवसरमा उपत्यकाव्यापी कविता प्रतियोगिता भयो।
- कार्यक्रममा २० विद्यालयका विद्यार्थीले भाग लिएका थिए, जसमा शीर्षक दिएर कविता लेखियो र वाचन गरियो।
- डा. नवराज लम्साल र प्राडा देवी नेपालले विद्यार्थी जीवन र निरन्तर लेख्ने महत्त्वबारे प्रकाश पारे।
काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती तथा भानुभक्त मेमोरियल विद्यालयको हीरक जयन्तीको पूर्व सन्ध्यामा उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय स्थलगत आशु कविता लेखन तथा वाचन कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौँ उपत्यकाभित्र रहेको करिब २० वटा विद्यालयको सहभागिता रहेको उक्त कवितालेखन तथा वाचन कार्यक्रममा कवितालेखन कार्यक्रम स्थलमानै शीर्षक दिई लेखन कार्य सम्पन्न भएको थियो भने अन्तिम छनौटमा परेका १५ प्रतिस्पर्धी प्रतियोगीलाई वाचनमा सहभागी गराइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा डा नवराज लम्साल थिए । उनले आफ्नो मन्तव्यको क्रममा विद्यार्थीले आफूले बनाउने आफ्नो दैनिकी नियमको उल्लङ्घन नगरीकन अगाडि बढेमा विद्यार्थी जीवन मात्र नभई जीवन नै सार्थक हुने बताए । त्यसै गरी विशेष अतिथिको भूमिकामा बसेका प्राडा देवी नेपालले पुरस्कार जित्नु नै सबै थोक नभएको तथा निरन्तर कविता लेखेर समाजसामु परिचित हुनु नै सबैथोक रहेको आशय व्यक्त गरे ।
निर्णायकको भूमिकामा रहेका छन्दकवि बलराम दाहालले आफ्नो छन्द कवितावाचन गरी प्रतिस्पर्धामा सहभागी पुरस्कृत विद्यार्थीको निर्णयसमेत सुनाएका थिए । कार्यक्रम संयोजन पुरुषोत्तम लामिछानेले गरेका थिए भने कार्यक्रमका सभापतित्व विद्यालयकी प्रधानाध्यापक ईश्वरी ढुङ्गानाले गरेकी थिइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण