धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
शनिबार, २१ असार २०८२, ०७ : ४७
सारांश
- धरान उपमहानगरपालिकामा योजनाको भुक्तानीलाई लिएर मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच मतभेद देखिएको छ।
- मेयर हर्कराज राई (साम्पाङ) ले भुक्तानी रोकिएको विषयमा स्पष्टीकरण माग गरेका छन्।
- धरान-१६ मा तारजालीको भुक्तानीमा ढिलाइ भएकोमा मेयरले आपत्ति जनाएका छन्।
धरान । धरान उपमहानगरपालिकामा योजनाको भुक्तानीलाई लिएर मेयर र प्रमुख प्रशासकीय अधिकृतबिच मतभेद देखिएको छ। मेयर हर्कराज राई (साम्पाङ) ले एक योजनाको भुक्तानी रोकिएको विषयमा गम्भीर चासो व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण मागेका छन् ।
मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतको नाममा पत्र लेख्दै करिब दुई महिनाअघि सम्पन्न भएको योजनाको भुक्तानी हालसम्म रोकिनुको कारण माग गरेका हुन् ।
पत्रअनुसार, धरान–१६ स्थित बहुभाषिक पाठशालालाई बाढीबाट जोगाउन लगाइएको तारजाली (मालमिटर) को भुक्तानीमा ढिलाइ भएकोमा साम्पाङले प्रश्न उठाएका हुन् ।
मेयर साम्पाङले पत्रमा सम्झौता गरी सबै प्रक्रिया पूरा भइसकेको र सार्वजनिक परीक्षणसमेत भइसकेको अवस्थामा भुक्तानी रोकिएकोमा आपत्ति जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण