च्याम्पियन बन्न नेपालले १ सय १४ रन बनाउनुपर्ने
सारांश
- एसीसी पुरुष यू-१६ इस्ट जोन कप २०२५ को फाइनलमा नेपालले जितका लागि १ सय १४ रनको लक्ष्य पाएको छ।
- सिंगापुरले पहिले ब्याटिङ गर्दै ४०.५ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन बनायो।
- सुशील बहादुर रावल र अभय यादवले ३-३ विकेट लिए भने नेपाल साबिक विजेता हो र उपाधि जित्ने अवसर छ।
काठमाडौँ । एसीसी पुरुष यू-१६ इस्ट जोन कप २०२५ को फाइनल खेलमा सिंगापुरले नेपाल सामु जितका लागि १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको बांगीस्थति वाईएसडी यूकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४०.५ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन बनाएको हो ।
टोलीका लागि ओपनर तथा विकेटकिपर रोहन अस्टिन अरुनले सर्वाधिक २३ रनको योगदान दिए । उनले ८४ बलमा २ चौका प्रहार गरे ।
कप्तान रियान नाइकले ११ बलमा १५ रन जोडे । उनले ३ चौका प्रहार गरे । वेदान्स गुप्ताले १२ रन प्रहार गरे भने आकाश तेजाले १० रन हिर्काए । आरभ अग्रवाल र युवान पाण्डेले ९-९ रन बनाए ।
सिंगापुरलाई सस्तोमा समेट्न सुशील बहादुर रावलले ८ ओभर बलिङ गर्दै ३८ रन खर्चेर ३ विकेट लिए । अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट हात पारे । र शुभम खनालले २ विकेट तथा विपिन प्रसाद शर्माले १ विकेट लिए ।
नेपाल प्रतियोगिताको साबिक विजेता पनि हो । नेपालसँग लगातार दोस्रो पटक यो उपाधि जित्ने अवसर रहेको छ । नेपालले पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो ।
नेपालले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको हो । फाइनलिस्ट रहेका नेपाल र सिंगापुर दुवै समूह चरणमा एउटै समूह ‘ए’ मा थिए ।
नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने सिंगापुर उप–विजेता बनेर सेमिफाइनलमा पुगेको थियो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण