एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना गरेन : सांसद निधि
शनिबार, २१ असार २०८२, १२ : ३७
सारांश
- विमलेन्द्र निधिले एमालेमाथि स्थानीय तहमा सत्ता गठबन्धनको शिष्टाचार पालना नगरेको आरोप लगाए।
- उनले एमालेले सहमति र सामूहिक अभियानमा जोडिन नचाहेको र बजेट ल्याउन समस्या सिर्जना गरेको बताए।
- सांसद निधिले राजनीतिक प्रतिशोधका कारण योजनाहरूमा अवरोध भएको आरोप लगाए।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् । जनकपुरमा शनिवार पार्टीका नेता, कार्यकर्ताहरूसँगको भेटका क्रममा उनले यस्तो आरोप लगाए ।
उनले नेपाली काँग्रेस सहमति र सामूहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामूहिक अभियानमा जोडिन नखोजेको बताए । एमालेले नगरपालिकाको बजेट ल्याउन समस्या सिर्जना गरिरहेको उनको आरोप छ । मेयरको अधिकार कटौती गर्नेगरी कार्यविधि बनाउन दिने भन्दै कतिपय नगरपालिकाहरूमा अवरोध गरेको आरोप लगाए ।
सांसद निधिले राजनीतिक प्रतिशोधका कारण नेताहरू एउटाले ल्याएका योजनाहरू ल्याउन नदिने वा अवरोध गर्ने काममा लागेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण