‘मिरमिरे’ को छायाङ्कन सुरु
सारांश
- चलचित्र 'मिरमिरे' को छायाङ्कन शनिबार बाट सुरु भएको छ।
- फिल्मको छायांकन काभ्रेका विभिन्न स्थानमा ३५ दिनसम्म हुनेछ ।
- दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु मुख्य भूमिकामा छन्।
काठमाडौँ । फिल्म ‘मिरमिरे’ को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन आज (शनिबार) बाट छायाङ्कन सुरु भएको हो ।
निर्माण पक्षले पनौती नगरपालिका ११ बल्थलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै फिल्मको छायाङ्कन थालेको हो । फिल्मका निर्देशक यम शेर्पा हुन् ।
‘हामी करिब ३५ दिन फिल्म खिच्ने छौँ,’ निर्देशक यम शेर्पाले भने– ‘अधिकांश छायाङ्कन काभ्रेका विभिन्न स्थानमा हुनेछ ।’
यार्सा फिल्म्सको प्रस्तुति रहने यस फिल्मको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा रहेका छन् । बाल कलाकारमा साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । प्रकाश र दयाहाङको यो पहिलो सहकार्य हो ।
यमले भने दयाहाङसँग दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’ मा पनि दयाहाङले काम गरेका थिए ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’ का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । फिल्मको कार्यकारी निर्मातामा रोहित कट्टेल रहेका छन् ।
‘मिरमिरे’ २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण