राजनीति
सरकारबाट बाहिरिने नागरिक उन्मुक्ति पार्टीको निर्णय
शनिबार, २१ असार २०८२, १९ : ४७
सारांश
- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।
- शनिबार बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
- सांसद अरुण चौधरीले भोलि नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउनेछन्।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
नाउपाबाट अहिले सङ्घीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् । मन्त्री चौधरीले पनि भोलि नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने नाउपा निकट श्रोतले जानकारी दिएको छ ।
शुक्रबार सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्ना सांसदहरूको बेइज्जती भएको र सांसदको बेइज्जती पार्टीको हुने भन्दै पार्टीप्रति जनताको विश्वासको अवमूल्यन भएको आरोप लगाएकी थिइन् । उनले अब आफूहरू सदनमा दृढताका साथ प्रतिपक्षको भूमिकामा उभिने समेत बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण