झापामा सवारी दुर्घटना : एकको मृत्यु, दुई जना घाइते
सारांश
- मेचीनगरमा अटो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन्।
- भद्रपुरको देउनिया र मेची खोलाको दोभानमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ।
भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१२ माथिल्लो धाइजनस्थित मेची हाइवेमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बुधवारेतर्फ जाँदै गरेको प्र१–०१–००२ ह ५५७१ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको मे८प ८०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक अर्जुनधारा–११ का ३४ वर्षीय भीमबहादुर सार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुरयाउना साथ चिकित्सकले निजलाई मृत घोषणा गरेका उनले बताए ।
प्रहरीका अनुसार अटोमा सवार बुद्धशान्ति गाउँपालिका–३ की ४९ वर्षीय निर्मला विक र उनकी १७ वर्षीय छोरी दिपा विक घाइते भएका छन् । घाइते दुवैको चारआलीस्थित बीएण्डके पोलिक्लिनिकमा उपचार भइरहेको प्रनाउ खड्काले जानकारी दिए । अटो चालक बुद्धशान्ति–१ का ४० वर्षीय युवराज घिमिरेसहित सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा बालकको मृत्यु
भद्रपुर–३ स्थित देउनिया र मेची खोलाको दोभानमा पौडी खेल्ने क्रममा १२ वर्षीय बालकको डुबेर मृत्यु भएको छ । महारानीचोकका अर्जुन लिम्बुका १२ वर्षीय छोरा अर्पण लिम्बू साथीहरूसँग पौडी खेल्ने क्रममा आज दिउँसो खोलामा डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी किच्चकवधबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा खोजतलासका क्रममा बालकको शव घटनास्थलमा फेला पारेको प्रनाउ खड्काले जानकारी दिए । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण