शतकसँगै शुभमनको नाममा अर्को रेकर्ड
शनिबार, २१ असार २०८२, २२ : १६
सारांश
- शुभमन गिलले इंग्ल्याण्ड विरुद्धको दोस्रो टेस्टको दोस्रो इनिङ्समा शतक बनाए।
- उनले पहिलो इनिङ्समा दोहोरो शतक प्रहार गरेका थिए र टेस्टको दुवै इनिङ्समा शतक बनाउने तेस्रो भारतीय कप्तान बने।
- भारतले दोस्रो इनिङ्समा ६ विकेट गुमाएर ४२७ रन बनायो, जसमा गिलले १६१ रन बनाए।
एजबास्टन । भारतीय क्रिकेट टोलीका कप्तान शुभमन गिलले इंग्ल्याण्ड विरुद्धको दोस्रो टेस्टको दोस्रो इनिङ्समा पनि शतक बनाएका छन्।
यस टेस्ट म्याचको पहिलो इनिङ्समा कप्तान गिलले दोहोरो शतक प्रहार गर्दै २६९ रनको इनिङ खेलेका थिए । योसँगै शुभमन टेस्ट म्याचको दुवै इनिङ्समा शतक प्रहार गर्ने तेस्रो भारतीय कप्तान बनेका छन् ।
दोस्रो इनिङ्समा भारतले ६ विकेटको क्षतिमा ४२७ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको छ । शुभमन गिलले १६२ को सामना गर्दै १६१ रन बनाए । उनले १३ चौका र ८ छक्का प्रहार गरे ।
ऋषभ पन्तले तीव्र गतिमा ६५ रन तथा रवीन्द्र जडेजाले ६९ रन बनाए । यसअघि यशस्वी जैसवाल २८ रन, केएल राहुल ५५ रन र करुण नायर २६ रन बनाएर आउट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण