एनआरएनए आयरल्याण्डको अध्यक्षमा ओलीको उम्मेदवारी घोषणा
सारांश
- एनआरएनए आयरल्याण्डका उपाध्यक्ष चेतराज ओलीले २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
- ओलीले एनआरएनए र अन्य संघसंस्थामा गरेको कामको अनुभवलाई आफ्नो उम्मेदवारीको आधार बनाएका छन्।
- उनले नेपाल लाइब्रेरी फाउन्डेसनमार्फत पुस्तकालय स्थापना र न्यानो कपडा वितरणमा योगदान पुर्याएका छन्।
आयरल्याण्ड। गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डका वर्तमान उपाध्यक्ष चेतराज ओलीले आगामी २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
लामो समयदेखि आयरल्याण्डको नेपाली समुदायमा सक्रिय ओलीले विभिन्न संघसंस्थामा रहेर काम गरिसकेको अनुभवलाई आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएका छन्।
सन् २००९ मा एनआरएनए आयरल्याण्डको कार्यसमिति सदस्यबाट सामाजिक यात्रा सुरु गरेका उनी चितवन समाज आयरल्याण्डको संस्थापक अध्यक्षसहित दुई कार्यकाल अध्यक्ष, नेपाल आयरल्याण्ड सोसाइटीको कार्यसमिति सदस्य हुँदै २०२३ मा एनआरएनए आयरल्याण्डको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।
उनले 'नेपाल लाइब्रेरी फाउन्डेसन' को युरोप संयोजकको भूमिकामा रहेर नेपालका विभिन्न कारागार तथा विद्यालयहरूमा पुस्तकालय स्थापना गर्न महत्त्वपूर्ण योगदान दिएका छन्। साथै, विकट जिल्लाका विद्यार्थीहरूका लागि न्यानो कपडा वितरण जस्ता मानवीय कार्यमा समेत उनको संलग्नता रहँदै आएको छ।
आफ्नो प्रतिबद्धता पत्रमा उनले भनेका छन्, -'म र मेरो पुरै टिम आगामी २ वर्षको लागि सामाजिक कार्यमा आफ्नो निष्ठा र इमान्दारीका साथ काम गर्न प्रतिबद्ध छौँ।' उनले आफ्नो टिममा अधिकांश सदस्यहरू वर्तमान कार्यसमितिमा रहेर अनुभव हासिल गरिसकेका व्यक्तिहरू रहेको र उनीहरूलाई पदोन्नतिसहित नयाँ जिम्मेवारीका लागि अघि सारिएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण