सर्लाहीमा परालको भुसभित्र लुकाइ ल्याइएको काजु बरामद, ट्रक चालक पक्राउ
आइतबार, २२ असार २०८२, १२ : ५२
सारांश
- सर्लाहीको बागमतीमा प्रहरीले चेकपोस्टमा विशेष सूचनाको आधारमा ठुलो परिमाणमा काजु बरामद गरेको छ।
- प्रहरीले ट्रकमा लुकाएर ल्याउँदै गरेको काजु फेला पारेको हो, ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
- बरामद काजुको तौल र मूल्य सार्वजनिक गरिएको छैन, घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा प्रहरीले विशेष सूचनाका आधारमा ठुलो परिमाणमा काजु बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले आइतबार बिहान करिब ११ बजे चेकजाँचका क्रममा मदनपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रक जाँच गर्दा परालको भुसभित्र लुकाई छिपाइ ल्याइराखिएको काजु फेला पारेको हो ।
बरामद गरिएको काजुको तौल तथा मूल्य भने सार्वजनिक गरिएको छैन । प्रहरीले ट्रकसहित बरहथवा नगरपालिका–१३ बसबरीया घर भएका ५६ वर्षीय ट्रक चालक राजबंशी झालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका चालकसहित ट्रक र काजु इलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको छ । प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण