शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कम्युनिस्ट समाजवादी पार्टीले प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति पक्षमा अभियान सञ्चालन गर्ने

आइतबार, २२ असार २०८२, १५ : ००
आइतबार, २२ असार २०८२

सारांश

  • कम्युनिस्ट समाजवादी पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा अभियान चलाउने भएको छ।
  • पार्टीले राष्ट्रिय मुक्ति क्रान्तिको विचारमा आधारित समाजवादी गणतन्त्र र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा काम गर्ने जनाएको छ।
  • पार्टीले गाँस, बास, कपास र रोजगारीको सुनिश्चितताका लागि संघर्ष गर्ने जनाएको छ।

काठमाडौँ । ‘कम्युनिस्ट समाजवादी पार्टी, नेपाल’ ले प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति पक्षमा अभियान सञ्चालन गर्ने भएको छ । 

आइतबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीका संयोजक हरिकृष्ण गजुरेलले पार्टीको वैचारिक दिशालाई 'राष्ट्रिय मुक्ति क्रान्ति'काे विचारमा आधारित समाजवादी गणतन्त्र र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा अघि बढाउने जानकारी गराएका हुन् ।

उनको वक्तव्यमा भनिएको छ, 'राष्ट्रिय मुक्ति एकता अभियान सञ्चालन गर्दै बाह्य हस्तक्षेप र आन्तरिक शोषणविरुद्ध जनतालाई सुसूचित गर्नेछौँ। वर्तमान दलाल संसदीय व्यवस्थाबाट देशलाई मुक्त गरी स्वाधीन, समृद्ध र कानुनी राज्य निर्माण गर्न प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अपरिहार्य भएको हामी ठान्दछौँ।'

पार्टीले गाँस, बास, कपास र रोजगारीको सुनिश्चितता, शिक्षा तथा स्वास्थ्य सेवाको पूर्ण राष्ट्रियकरण तथा सर्वसुलभता सुनिश्चित गर्न संघर्ष सञ्चालन गर्ने पनि जनाएको छ। साथै, समान विचारमा रहेका समूह तथा व्यक्तिहरूलाई पार्टीमा समेट्ने, वैचारिक एवं राजनीतिक रूपमा नजिक रहेका दलहरूसँग कार्यगत एकता र संयुक्त मोर्चा हुँदै आवश्यक भए पार्टी एकतासमेत गर्ने नीति लिएको छ।

यस्तै, पार्टीको आयोजनामा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग जोडिएका मुद्दा तथा विदेशी हस्तक्षेपविरुद्ध संघर्ष चलाइने विज्ञप्तिमा उल्लेख छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप