शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
महानगरभित्रको विवाद

सरोज गुरागाईंले भने– मेरो कारणले काठमाडौँ महानगरपालिकाको बजेट रोकिन हुँदैन

आइतबार, २२ असार २०८२, २१ : ४८
आइतबार, २२ असार २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले बजेट रोकिन नहुने बताए।
  • उनले मेयर र उपमेयरको निर्णयमा आफू बाधक नबन्ने बताए, तर बजेटलाई काठमाडौँ टावरसँग जोड्नुको कारण नभएको जिकिर गरे।
  • गुरागाईँले आफूमाथि लागेका आरोपको खण्डन गर्दै पटक-पटक किन प्रहार भइरहेको छ भन्ने बुझ्न नसकेको बताए।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आफ्नो कारणले बजेट रोकिन नहुने बताएका छन् । 

आइतबार केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले  भने- ‘म बजेट आउनुपर्छ भन्नेमा छु । मेयर साब (बालेन शाह) तथा उपमेयर (सुनिता डंगोल) र जनप्रतिनिधिको निर्णयहरूमा बाधक बन्दिनँ भनेर पनि मैले भन्दै आएको छु ।’ तर, बजेटसँग काठमाडौँ टावरको विषयलाई जोड्ने काम भएको भन्दै उनले त्यो जोड्नुपर्ने कारण नै नभएको जिकिर गरे । 

‘कसैले ‘तँ भ्रष्टाचारी हो भनेर भन्ने वितिक्कै ऊ भ्रष्टाचारी हुँदैन ,’ उनले भने । महानगरमा मेयर र प्रमुख प्रशासकीय अधिकृतबिचकै विवादका कारण बजेटमा ढिलाइ भइरहेका बेला गुरागाईंले यस्तो बताएका हुन् ।  

उनले काठमाडौँ टावरका सन्दर्भमा निर्णय भैसकेको विषयमा प्रमाणपत्र मात्रै दिएको दोहोर्याउँदै आफूमाथि लगाइएका आरोपको खण्डन विगतमा पनि समाचारहरुबाटै भैसकेको बताए । तर, पटक–पटक आफूमाथि किन प्रहार भैरहेको छ भन्नेबारे बुझ्न नसकेको उनले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप