नवौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा नेपाल उपविजेता
सारांश
- नवौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा नेपाल उपविजेता बन्यो, २१ स्वर्ण जित्दै उत्कृष्ट प्रदर्शन गर्यो।
- एरिका गुरुङ, पुष्पका लामा र सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा स्वर्ण जिते, नेपाललाई सफलता दिलाए।
- भारत टिम च्याम्पियन बन्यो भने श्रीलङ्काले तेस्रो स्थान हासिल गर्यो, प्रतियोगिता कोलम्बोमा आयोजना भएको थियो।
काठमाडौँ । नेपाल नवौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, ९ रजत र २० कांस्यसहित टिम उपविजेता भएको नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामाले जनाएका छन् ।
महिला ६८ केजीमाथि कराँते महासङ्घबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए । प्रदीप बैजाली मगरले यु–२१ र सिनियरको व्यक्तिगत कुमुतेमा समान १–१ स्वर्ण तथा टिम कुमुतेमा रजत जिते ।
नेपालमा भएको सातौँ संस्करण र भुटानमा भएको आठौँ संस्करणमा भने नेपाल टिम च्याम्पियन बनेको थियो ।
श्रीलङ्काको कोलम्बोमा भएको प्रतियोगितामा भारत टिम च्याम्पियन बन्यो । भारतले २३ स्वर्ण, २४ रजत र १२ कांस्य जित्यो । तेस्रो स्थानको श्रीलङ्काले १६ स्वर्ण, २० रजत र २३ कांस्य हात पार्यो । ३ स्वर्ण, ७ रजत र १४ कांस्य जितेको बंगलादेश चौथो भयो ।
६ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान १ रजत र ७ कांस्यसाथ पाँचौँ र १ रजत र १ कांस्यसाथ भुटान छैटौँ भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण