सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन
सारांश
- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई रासायनिक मल वितरण सहज बनाउन निर्देशन दिएको छ।
- समितिले किसानलाई मल अभाव हुन नदिन स्थानीय जनप्रतिनिधिको निगरानीमा मल वितरणको व्यवस्था गर्न निर्देशन दिएको हो।
- कृषि मन्त्रीले मलको कोटा बढाउन नसकिने बताए पनि किसानलाई समयमै मल उपलब्ध गराउन पहल गर्ने बताए।
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न निर्देशन दिएको छ ।
आइतबार सिंहदरबारमा बसेको समिति बैठकले किसानलाई मल अभाव हुन नदिन सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको निगरानीमा रासायनिक मल वितरणको आवश्यक प्रबन्ध गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले स्थानीयस्तरमा रासायनिक मलको आवश्यकता अनुसार सहज र सर्वसुलभ उपलब्धता सुनिश्चितताका लागि स्थानीय तहमा रासायनिक मलको भण्डारण स्थल निर्माण गर्न समेत निर्देशन दिएको छ । नेपालमा रासायनिक मलको सहज, सुलभ र गुणस्तरीय आपूर्ति तथा बिक्री वितरणको सुनिश्चितताका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको रासायनिक मलको आयातको कोटा वृद्धिको मागलाई समेत ध्यान दिन निर्देशन दिएको समिति सभापति अब्दुल खानले जानकारी दिए ।
रासायनिक मलको आयात तथा विक्री वितरणमा संलग्न संस्थाको क्षमता र आयात तथा बिक्री वितरणको हालको अवस्था विश्लेषणका आधारमा रासायनिक मलको कोटाको पुनरावलोकन गरी प्रतिशत निर्धारण गर्न समेत उद्योग मन्त्रालय र कृषि मन्त्रालयलाई निर्देशन दिइएको सभापति खानले बताए ।
बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयमा नै मल प्रयोग गर्न नपाए उत्पादनमा समस्या हुने भएकाले किसानले चाहेकै समयमा मल उपलब्ध गराउन प्रयासरत रहेको बताए । अहिलेको अवस्थामा मलको कोटा बढाउन सक्ने अवस्था नरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले रासायनिक मल खरिदका लागि पनि छुट्टै संस्थाको आवश्यकता देखिएको बताए ।
उनले किसानसमक्ष समयमा नै मल र बिउ पुर्याउनसक्ने गरी आवश्यक कानुनको खोजी भइरहेको उल्लेख गरे । बैठकमा समिति सदस्यहरूले हरेक वर्ष किसानलाई मल समस्या हुने गरेकाले यसको दीर्घकालीन समाधानको खोजी गर्नुपर्नेमा जोड दिएका दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण