कांग्रेसका ११ केन्द्रीय सदस्य, एक प्रदेश सभापति र ७ जिल्ला सभापतिविरुद्ध उजुरी
सारांश
- नेपाली कांग्रेसका ११ केन्द्रीय सदस्यविरुद्ध अनुशासन समितिमा उजुरी परेको छ।
- अनुशासन समिति संयोजक आनन्द ढुंगानाले केन्द्रीय कार्यसमिति बैठकमा जानकारी दिए।
- उजुरीमा गत निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप छ।
काठमाडौँ । नेपाली कांग्रेसका ११ केन्द्रीय सदस्यविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार धारणा राख्दै अनुशासन समिति संयोजक केन्द्रीय सदस्य आनन्द ढुंगानाले समितिमा ११ केन्द्रीय सदस्य, एक प्रदेश सभापति र ७ जिल्ला सभापतिविरुद्ध उजुरी परेको जानकारी दिएका हुन् ।
ढुंगानाले बैठकमा ५० जिल्लाबाट अरू करिब २१ सय जनाविरुद्ध उजुरी परेको पनि जानकारी दिए । उनीहरूविरुद्धअनुशासनको कारबाही माग गर्दै उजुरी परेको ढुंगानाले बताए । ती उजुरीविरुद्ध छानबिन भइरहेको बताउँदै संयोजक ढुंगानाले भने, ‘अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी प्राप्त भएको छ । उजुरी पर्नेमा ११ जना केन्द्रीय सदस्य, एक जना प्रदेश सभापति, ७ जिल्ला सभापतिसमेत छन्, ती उजुरीउपर छानबिन भइरहेको छ ।’
तर, उजुरी परेका केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला सभापतिसहितका नेताहरू को–को हुन् भन्ने ढुंगानाले खुलाएनन् ।
प्राय: उजुरी गत आम निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेकोलगायत विषयमा रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण