‘मिसेस नेपाल वर्ल्ड २०२५’ को घोषणा, डिभोर्सी महिलाले पनि भाग लिन मिल्ने
सारांश
- मिसेस वर्ल्ड २०२५ को लागि आवेदन खुला गरिएको छ, जुन विवाहित नेपाली महिलाहरूको लागि प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो।
- प्रतियोगिताले महिला सशक्तिकरण, आत्मविश्वास र सामाजिक सहभागितालाई जोड दिन्छ, र यसले देश विदेशमा नेपाली महिलाको पहिचान विस्तार गर्ने लक्ष्य राखेको छ।
- ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ, जसमा मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकामा हुने मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
काठमाडौंँ । ‘मिसेस वर्ल्ड २०२५’को खोजी सुरु भएको छ । आयोजक रिवन इन्टरटेनमेन्टले आइतबार ललितपुर पुलचोकस्थित स्क्वायर होटलमा एक पत्रकार भेटघाट गर्दै प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो ।
विगत चार वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगिता विवाहित नेपाली महिला सहभागी हुने सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित छ ।
महिला सशक्तिकरण, आत्मविश्वास, सामाजिक सहभागिता र प्रतिभा प्रदर्शनको सशक्त मञ्चको रूपमा स्थापित यस प्रतियोगिता देश–विदेशमा नेपाली महिलाको पहिचान विस्तार गर्ने उद्देश्यले निरन्तर आयोजित हुँदै आएको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले कार्यक्रममा बताए । उनले प्रतियोगिताबाट समाजका बिवाहित, एकल र डिबोर्सी महिलाले पनि आफुलाई ससक्त रुपमा अगाडि बढाउन सक्ने धारणा राखे ।
‘यस वर्षको प्रतियोगिता विगतभन्दा अझ बृहत् र व्यवस्थित ढंगले आयोजना गरिने जानकारी छ,' अध्यक्ष झाले भने, ‘यसपटकको मिसेस नेपाल वर्ल्ड प्रतियोगिता केवल सौन्दर्य र प्रतिभा प्रस्तुति मात्र नभई महिलाहरूको नेतृत्व, आत्मविश्वास, र सामाजिक उत्तरदायित्वलाई उजागर गर्ने गहिरो अभियानका रूपमा अघि सारिएको छ ।’
कार्यक्रममा अभिनेत्री दीपिका प्रसाई र केदार घिमिरे ‘माग्ने बुढा’ अतिथिको रूपमा सहभागी थिए । अभिनेत्री दीपिकाले प्रतियोगीले महिलालाई सेलिब्रेटी मात्र नबनाएर प्रतिभा पनि निखार्ने बताइन् ।
अभिनेता घिमिरेले ‘मिसेस वर्ल्ड’ आमा भाउजुहरूका लागि ल्याएको कार्यक्रम भएकोले आफुलाई विशेष लाग्ने गरेको बताए । ‘मिस नेपाल भनेको छोरीहरूका लागि हो,' उनले भने ‘यो नेपाली समाजमा अर्काको घरमा गएका भिड्न आउने हो ।’ प्रतियोगितामा सहभागी हुन महिलाले थुप्रै चुनौतीको सामाना गर्नुपर्ने उनले धारणा राखे ।
ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिने प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा सम्पन्न हुनेछ ।
प्रतियोगिताको पहिलो चरणमा छानिएका प्रतियोगी विभिन्न प्रशिक्षणसहित फाइनलमा उत्रिनेछन् । प्रतियोगितामा सहभागी हुन उचाइ र तौलको कुनै मापदण्ड राखिएको छैन । इच्छुक प्रतियोगीहरूले न्यूनतम एसएलसी उत्तीर्ण गरेको हुनुपर्नेछ । विवाहित महिला मात्र नभई दम्पत्य सम्बन्धविच्छेद तथा एकल महिलाहरूले पनि यो प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । आवेदन फारम खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने छ ।
पटक मिसेस नेपाल वर्ल्डसँगै मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि सोही मञ्चबाट घोषणा गरिनेछ। विजेता मिसेस नेपाल वर्ल्डले आगामी वर्ष अमेरिका हुने मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।
विगत वर्षहरूमा मिसेस नेपाल वर्ल्डको उपाधि पाउने मध्ये २०२१ मा दीक्षा केसी, २०२३ मा पृथ्वीया थापा थिए । यस्तै २०२४ मा डेनिला कार्कीले यो उपाधि चुमेकी हुन् । विशेष रूपमा पृथ्वीया थापाले मिसेस वर्ल्ड २०२३ मा नेपालको प्रतिनिधित्व गर्दै ‘ह्युम्यानिटेरियन अवार्ड’ प्राप्त गरेकी थिइन् ।
प्रतियोगितामा अफिसियल कोरियोग्राफरको रूपमा आश्विनीकान्त झा रहेका छन् । प्रतियोगीलाई पूर्ण रुपमा दक्ष बनाएर आफुले अन्तिम प्रतिस्पर्धामा उतार्ने कोरियोग्राफर अश्विनीले कार्यक्रममा बताए । कोरियोग्राफर आश्विनीले प्रतियोगितालाई अझै अन्तर्राष्ट्रिय स्तरको बनाउन आफू अमेरिका भ्रमण गरेर त्यहाँका नेपाली समुदाय र संस्थाहरूसँग समन्वय गरेर तयारी गरेको जानकारी दिए ।
मिसेस नेपाल वर्ल्ड २०२५ को नृत्य कोरियोग्राफी सन्दीप भुजेलले सम्हाल्ने छन् । आइना गजुरेल सहायक कोरियोग्राफरको रूपमा रहनेछिन् । प्रतियोगिताको समन्वय सम्राट शाह र गंगा महर्जनले गर्नेछन् । प्रशिक्षक टोलीमा सञ्चार, सौन्दर्य, नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सामाजिक उत्तरदायित्वसम्बन्धी विभिन्न विधाका विज्ञहरूको सहभागिता रहनेछ । प्रतियोगिता अवधिभर विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकहरूद्वारा व्यक्तित्व विकास, प्रस्तुतिकला, आत्मविश्वास अभिवृद्धि, सञ्चार सीपलगायत विषयमा विशेष प्रशिक्षण प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण