अनामनगरबाट हराएका अछामका कुँवर अहिलेसम्म भेटिएनन्
सारांश
- अछामका एक व्यक्ति काठमाडौँबाट हराएका छन् र पाँच दिन बितिसक्दा पनि फेला परेका छैनन्।
- उनी असार १७ गते बिहान अनामनगरस्थित डेराबाट मर्निङवाकका लागि निस्किएका थिए।
- परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएको छ र प्रहरीले उनको खोजी गरिरहेको छ।
काठमाडौँ । अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुँवर हराएको पाँच दिन भइसक्दा समेत पत्ता लाग्न सकेको छैन ।
यही असार १७ गते बिहान काठमाडौँ महानगरपालिका–२९ अनामनगर अनामनगरस्थित डेराबाट ‘मर्निङवाक’का लागि निस्किएका कुँवरबारे अहिलेसम्म पत्ता नलागेको उनका भतिज देवबहादुर कुँवरले जानकारी दिए ।
देवबहादुरले भने, ‘काका हराउनु भएको आज पाँच दिन भइसक्यो, हामीले जिल्ला प्रहरी परिसरमा पनि खोजतलासका लागि यही असार १८ गते निवदेन दर्ता गराएका छौँ । अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।’
कुँवर हराउनु भएको विषयमा खोजतलासका लागि प्रहरी परिसरमा उनका भतिजाले निवदेन दर्ता गराएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए । उनले भने, ‘कुँवरको खोजी जारी छ, विभिन्न युनिटमार्फत प्रयास भइरहेका छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण