पूर्वाधार कार्यालयले ठोरीको सिकारीबासमा पाँच जनाको घर बनाइदिने
सारांश
- वीरगञ्जको पूर्वाधार विकास कार्यालयले पर्साको सिकारीबासका पाँच परिवारलाई दुई कोठे पक्की घर बनाउने भएको छ।
- यो कार्यक्रम जनता आवास कार्यक्रम अन्तर्गत सञ्चालन हुनेछ, जसले स्थानीयको जीवनस्तरमा सुधार ल्याउनेछ।
- शनिबार आयोजित कार्यक्रममा एकीकृत बस्तीको शिलान्यास गरियो, जसमा प्रमुख जिल्ला अधिकारी र कार्यालय प्रमुखको उपस्थिति थियो।
वीरगञ्ज । पूर्वाधार विकास कार्यालय वीरगञ्जले पर्साको विकट ठाउँका रुपमा चिनिने सिकारीबासमा फुसको घरमा बसोबास गर्दै आएका सर्वसाधारणलाई दुई कोठे पक्की घर निर्माण गरिदिने भएको छ ।
कार्यालयले ठोरी गाउँपालिका–३ सिकारीबास फुसको घरमा बसोबास गर्दै आएका पाँच परिवारको लागि ‘जनता आवास कार्यक्रम अन्तर्गत) एकीकृत बस्ती निर्माण गरिदिन लागेको हो । यो बस्ती ठोरीको हुलाकी राजमार्गबाट करिब छ किलोमिटरभित्र पर्दछ । जहाँ पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाईगर रिर्जभ लगायतको मध्यवर्ती क्षेत्रको रुपमा रहेको छ । तर,यहाँका सर्वसाधारण आधारभूत आवश्यकताबाट पनि बञ्चित हुँदै आइरहेका छन् ।
पूर्वाधार विकास कार्यालय वीरगञ्जका प्रमुख लालबाबु रायले चालु आर्थिक वर्षमा शिलान्यास भए पनि आगामी आर्थिक वर्षसम्म फुसको घरमा बस्दै आएका पाँच जना परिवारको लागि दुई–दुई कोठे एकीकृत घर बनाइदिन लागेको जानकारी दिए ।
गत शनिबार ठोरीको सिकारीबासमा आयोजित एक कार्यक्रमबीच एकीकृत बस्तीको शिलान्यास पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पूर्वाधार विकास कार्यालयका प्रमुख रायले संयुक्तरुपमा गरेका थिए ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन पर्साका योजना प्रमुख तथा इञ्जीनीयर राकेश साहले शनिबार नै ठोरीको सिकारीबासमा नदीको कटान क्षेत्रमा करिब १० लाख मूल्य पर्ने नदी तटबन्धसहितको जालीको व्यवस्था गर्न लागेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गढवाका अधिकांश किशोरीमा रक्त अल्पताको समस्या
-
दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान
-
पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो
-
आफ्नै सर्वस्व दानमा बनेको आश्रममा रमाउँदै प्रधान दम्पती
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण