स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाएको छ : प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणले नेपालको छवि उच्च भएको बताए ।
- उनले संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराए ।
- प्रधानमन्त्री ओलीले अतिकम विकसित मुलुकको तर्फबाट नेतृत्व गर्दै सम्बोधन गरे ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विभिन्न देशका उच्चपदस्थ सहभागी सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको सक्रिय उपस्थितिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको बताएका हुन् ।
उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको उनले बताए ।
प्रधानमन्त्री ओलीले अतिकम विकसित मुलुकका तर्फबाट अगुवाइ गर्दै सम्बोधनका क्रममा यी मुलुकको न्यायपूर्ण एवं आर्थिक सामाजिक विकासका पक्षमा वकालत गरेको जानकारी गराए ।
सेभिया प्रतिबद्धताको कार्यान्वयनबाट ती मुलुकले आफ्नो स्तरोन्नतिका लागि विश्वस्तरको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुने धारणा राखे ।
उनले भ्रमणबाट वैदेशिक र राष्ट्रसङ्घसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको बताए । नेपालले ४४ वटा अतिकम विकसित मुलुकहरू रहेकामा नेपालले उक्त सम्मेलनका अवसरमा नेपालले ती मुलुकहरू सामु प्रभावकारी नेतृत्व गर्न सक्के झल्को दिएको स्पष्ट गरे ।
सम्मेलनको अघिल्लो दिन प्रधानमन्त्री ओलीले नागरिक समाजको भेलालाई सम्बोधन गरी सशक्त नागरिक समाजको खबरदारीपूर्ण भूमिकाको लागि आव्हान गरेको जानकारी गराए ।
सम्मेलनका लागि प्रधानमन्त्री ओलीले यही असार १४ गते त्यसतर्फ प्रस्थान गरी असार २० गते स्वदेश फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण