आलमलाई सफाइ दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ : सांसद साह
काठमाडौँ । नेकपा एमालेका सांसद किरणकुमार साहले अफताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जनमाथि महाअभियोग प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद साहले जिउँदै इँट्टाभट्टामा जलाएर मारिएको जघन्य घटनामा दोषी ठहर भएका आलमको फैसला उल्ट्याउँदै सफाइ दिने न्यायाधीशद्वय थारु र महर्जनलाई महाअभियोगको प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।
‘अहिले मिडिया र जनमानसमा यो निर्णयलाई राजनीतिक संरक्षणको परिणामको रूपमा व्याख्या गरिएको छ । यदि सरकार साँच्चै स्वतन्त्र न्यायपालिका चाहन्छ भने र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने सो फैसला सुनाउने उच्च अदालतका न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्छ,’ साहले संसद् बैठकमा भने ।
साहले राजनीतिक भागबन्डामा न्यायाधीशको नियुक्ति तत्काल रोक्न पनि उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण