पश्चिम एसियाको तनावबारे इरान, रूस र टर्कीएबिच उच्चस्तरीय वार्ता
सारांश
- इरानका परराष्ट्र मन्त्रीले रुस र टर्कीका विदेश मन्त्रीहरूसँग भेटवार्ता गरे।
- इरानमाथि इजरायल र अमेरिकाले गरेको आक्रमणप्रति रुसले चिन्ता व्यक्त गर्यो, र शान्तिपूर्ण आणविक कार्यक्रमको समर्थन गर्यो।
- टर्की र इरानका विदेश मन्त्रीहरूले गाजाको मानवीय संकटबारे छलफल गरे र इजरायलको कारबाही रोक्न आह्वान गरे।
तेहरान । इरानका परराष्ट्र मन्त्री सैयद अब्बास अराघचीले ब्राजिलको रियो दि जानेरियोमा भएको १७ औँ बहुपक्षीय सम्मेलनको अवसरमा रूस र टर्कीएका परराष्ट्र मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् ।
उनले रुसी मन्त्री सर्गेइ लाभरोभसँगको भेटमा इजरायल र अमेरिकाबाट इरानमाथि भएका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए । उनले इरानको स्वतन्त्रता र सुरक्षाको रक्षा गर्ने दृढता व्यक्त समेत गरे ।
रूसी मन्त्री लाभरोभले पनि ती आक्रमणहरू गलत भएको बताउँदै, इरानको शान्तिपूर्ण आणविक कार्यक्रममाथि भएको आक्रमणको विरोध गरे । उनले क्षेत्रीय शान्ति कायम राख्न सबैले संयमता अपनाउनुपर्नेमा जोड दिए ।
टर्कीएका परराष्ट्र मन्त्री हाकान फिदानसँग भएको छुट्टै भेटमा, दुबै नेताले गाजामा भइरहेको मानवीय संकटबारे गम्भीर चिन्ता व्यक्त गरे । इजरायलले गरिरहेको कारबाही तत्काल रोक्नुपर्नेमा उनीहरूले जोड दिए ।
हालै इजरायलले इरानका विभिन्न स्थानमा आक्रमण गरेको थियो, जसमा कैयौँ मानिसको ज्यान गएको थियो। जवाफमा, इरानले पनि इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछि अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गरयो र इरानले अमेरिकी हवाई बेसमा जवाफ दिएको थियो।
बाह्र दिनसम्म चलेको यो तनावपछि, अन्ततः दुवै पक्षबिच युद्धविरामको सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण