बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

संविधान संशोधनका लागि कार्यदल गठन गर्ने काँग्रेसको निर्णय

सोमबार, २३ असार २०८२, २३ : ०५
सोमबार, २३ असार २०८२

सारांश

  • नेपाली काँग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।
  • कार्यदलले पार्टीभित्र संविधान संशोधनबारे छलफल गर्नेछ र अन्य दलहरूसँग संवाद गर्नेछ।
  • काँग्रेसले संविधानको रक्षा र कार्यान्वयनको प्रतिबद्धता जनाएको छ।

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । एक साता बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

काँग्रेसको पहिलो निर्णयमा लेखिएको छ, ‘संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्‍याउन नेपाली काँग्रेसले एक कार्यदल गठन गर्ने निर्णय गर्दछ । कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउनेछ । संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू एवं अन्य राजनीतिक दलहरू, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्नेछ ।’

काँग्रेसले पार्टीको नेतृत्वमा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयनको मूल दायित्व र जिम्मेवारी हाम्रो नै हो भन्ने कुरामा नेपाली कांग्रेस स्पष्ट र पूर्ण प्रतिबद्ध रहेको पनि निर्णयमा उल्लेख गरेको छ । 

त्यस्तै संविधान कार्यान्वयनको एक दशकमा देखिएका चुनौती र जटिलताको समीक्षा गर्दै यसको गतिशील कार्यान्वयनका लागि समयानुकूल संशोधन गर्नुपर्छ भन्ने विश्वासका साथ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको ७ बुँदे सहमतिमा “संविधान प्रारम्भ भए पश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने” भन्ने विषय महत्वका साथ उल्लेख गरिएको बताउँदै काँग्रेसले संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने निर्णय गरेको जनाएको छ ।

1234567

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप