मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना दिएकामा चीनको आपत्ति
मङ्गलबार, २४ असार २०८२, ०० : ४९
सारांश
- प्रधानमन्त्री मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना दिएपछि चीनले आपत्ति जनाएको छ।
- चीनले दलाई लामालाई चीन विरोधी गतिविधिमा संलग्न राजनीतिक निर्वासितको रूपमा चित्रण गरेको छ।
- चीनले भारतलाई तिब्बतसम्बन्धी मुद्दामा प्रतिबद्धताको सम्मान गर्न र हस्तक्षेप नगर्न चेतावनी दिएको छ।
काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा तिब्बती धर्मगुरु दलाई लामालाई जन्मदिनको शुभकामना दिइएको विषयमा चीनले आपत्ति जनाएको छ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्, “तिब्बतसम्बन्धी चीनको अडान स्पष्ट र दृढ छ। १४औँ दलाई लामा एक राजनीतिक निर्वासित हुन्, जो लामो समयदेखि चीन विरोधी गतिविधिमा संलग्न छन् र धर्मको आडमा तिब्बतलाई चीनबाट अलग गर्न चाहन्छन्।”
उनले भारतलाई चेतावनी दिँदै भनिन्, “भारतले तिब्बतसम्बन्धी मुद्दामा चीनप्रति व्यक्त गरेका प्रतिबद्धताहरूको सम्मान गर्नुपर्छ र यस्ता विषयलाई चीनका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने माध्यमको रूपमा प्रयोग गर्नु हुँदैन।”
सो अवसरमा केन्द्रीय मन्त्री किरेन रिजिजुलगायत थुप्रै भारतीय नेता धर्मशालामा आयोजित समारोहमा सहभागी भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण