पोखरा महानगरद्वारा ४ सय ९७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान
सारांश
- पोखरा महानगरपालिकाले उच्च शिक्षा पढ्ने ४९७ विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको छ।
- विज्ञान, व्यवस्थापन, होटेल व्यवस्थापन, कानून, मानविकी र शिक्षा विषयका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ।
- महानगरपालिकाले परीक्षा सञ्चालन गरी उत्तीर्ण विद्यार्थीहरूलाई विद्यालयमा निःशुल्क अध्ययनको व्यवस्था गर्नेछ।
पोखरा । पोखरा महानगरपालिकाले उच्च शिक्षा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । विभिन्न विषयमा ४ सय ९७ जनालाई ११ कक्षा पढ्न निःशुल्क छात्रवृत्ति दिने निर्णय गरिएको हो ।
शनिबार लिएको परीक्षाबाट विज्ञान विषयतर्फ १ सय ६२ जना, व्यवस्थापनतर्फ २ सय १ जना, होटेल व्यवस्थापनतर्फ ८० जना, कानून, मानविकी र शिक्षातर्फ १४ जना गरी ४ सय ९७ जना विपन्न, गरिब, जनजाति, दलित र जेहनदार छात्रछात्राहरूलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको हो ।
परीक्षाको अप्टिकल मार्क रिकग्नाइजेसन प्रविधिद्वारा पुस्तिका परीक्षण गरिएको थियो । महानगरपालिकाले प्रत्येक वर्ष छनौट परीक्षा लिने गरेको छ । उत्तीर्ण विद्यार्थीहरूलाई तोकिएका विद्यालयहरूमा निःशुल्क अध्ययनका लागि महानगरपालिकाले थप सहजीकरण गर्ने मेयर धनराज आचार्यले बताए ।
‘यस वर्षको छात्रवृत्ति छनौट परीक्षालाई थप व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउने उद्देश्यले परीक्षणमा समेत प्रविधिको प्रयोग गरिएको छ,’ आचार्यले भने, ‘परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई तोकिएका विद्यालयहरूमा निःशुल्क अध्ययनका लागि महानगरपालिकाले थप सहजीकरण गर्नेछ ।’
उत्तीर्ण विद्यार्थीहरूलाई यही असार २५ गते भित्र शिक्षा महाशाखामा सम्पर्क गरी भर्ना प्रक्रिया अगाडी बढाउन महानगरपालिकाले अपिल गरेको छ । महानगरद्वारा सिफारिस गरिएका विद्यार्थीहरूलाई अनिवार्य भर्नाका लागि सम्बन्धित विद्यालयहरूलाई निर्देशन दिइएको पनि उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण