रसुवा बाढी अपडेट : टिमुरेमा फसेका सुरक्षाकर्मी र ७ स्थानीयको उद्धार
मङ्गलबार, २४ असार २०८२, ०७ : ५३
सारांश
- रसुवागढीमा बाढी आएपछि टिमुरेमा फसेका दुई सुरक्षाकर्मी र ७ स्थानीयको उद्धार गरियो।
- प्रहरी सहायक हवलदार र सशस्त्र प्रहरी बलका एक सुरक्षाकर्मीलाई भन्सार कार्यालय यार्डबाट उद्धार गरियो।
- डीएसपी हेम शाहीका अनुसार, टिमुरेमा फसेका स्थानीय र सुरक्षाकर्मीलाई सुरक्षित निकालियो।
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा बाढी आएपछि उद्धारमा खटिएर टिमुरेमा फसेका दुईजना सुरक्षाकर्मी र ७ स्थानीयका उद्धार गरिएको छ ।
टिमुरे स्थित भन्सार कार्यालयको यार्डमा फसेका प्रहरी सहायक हवलदार कृष्ण चौधरी र सशस्त्र प्रहरी बलका एकजना सुरक्षाकर्मीलाई उद्धार गरिएको रसुवाका डीएसपी हेम शाहीले रातोपाटीलाई बताए ।
टिमुरेमा बाढीले गर्दा अलपत्र परेका ७ जना स्थानीयलाई पनि सुरक्षित रूपमा उद्धार गरिएको डीएसपी शाहीले जानकारी दिए । उनले भने, ‘टिमुरेमा फसेका स्थानीय र सुरक्षाकर्मीलाई उद्धार गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण