रसुवामा बाढीको बितण्डा अपडेट : मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायाे
सारांश
- चीनको तिब्बत क्षेत्रमा परेको वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले रसुवागढीस्थित मितेरीपुल भाँचिएको छ।
- बाढीले भन्सार यार्डमा रहेका कन्टेनर र विद्युतीय गाडी बगाउनुका साथै रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको छ।
- बाढीका कारण भन्सार यार्डमा ९ स्थानीय, १ प्रहरी र सशस्त्र प्रहरी गरी ११ जना फसेका छन्, उद्धारको प्रयास जारी छ।
रसुवा । छिमेकी चीनको तिब्बत क्षेत्रतर्फको अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन सिमानाका रसुवागढीस्थित मितेरीपुल भाँचिएको छ। आज बिहान ३:१५ बजे गोसाइँकुण्ड गाउँपालिका–२ मा अवस्थित पुल बिचबाट भाँचिएर बगाएको सशस्त्र प्रहरी बल टिमुरेले जनाएको छ।
बाढीले टिमुरेस्थित भन्सार यार्डमा पसेर केही लोड कन्टेनर डिब्बाहरू तथा पार्क गरिएको करिब ७/८ वटा विद्युतीय गाडीहरू पनि बगाएको छ। साथै, रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी भन्सार यार्डमा रहेका ९ जना स्थानीय नागरिक, एक जना नेपाल प्रहरी र बीओपी टिमुरेमा कार्यरत सशस्त्र प्रहरी प्रदीप वाग्ले चारै तिरबाट बाढीले घेरेपछि फसेका छन् । उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको छ। तर, नदीको बहाव तीव्र बन्दै गइरहेकोले उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ। हालसम्म कुनै मानवीय क्षति भने रिपोर्ट गरिएको छैन।
सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमाण्डमा बीओमी टिमुरेबाट २० जनाको टोली खटिएको छ। यसैगरी विहान ५ बजे नं. २० गुल्म रसुवाबाट रविन्द्र दाहालको कमाण्डमा २१ जना टोली (जसमा ७ जना विपद् व्यवस्थापन तालिमप्राप्त) उद्धार सामग्रीसहित स्याफ्रुबेसीबाट घटनास्थलतर्फ पठाइएको छ। तर, सडक चर्केर अवरुद्ध भएकाले उनीहरू ६:२० बजेपछि पैदलमार्ग हुँदै गइरहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यसैबिच, बिहान ५:५५ बजे तातोपानीस्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेसी–रसुवागढी सडक खण्डमा पनि बाढी र पहिरोले सडक पूर्णरूपमा कटान गर्दै अवरुद्ध बनाएको सशस्त्र प्रहरीले जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशीमा बहाव अझै कम नभएकाले तटीय क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण