अपडेट
रसुवा बाढी : खोज तथा उद्धारमा हेलिकप्टर परिचालन, नुवाकोटबाट थप फौज पठाइयो
मङ्गलबार, २४ असार २०८२, ०९ : ०८
सारांश
- रसुवागढीमा आएको बाढीले हराएका मानिसहरूको खोजीका लागि हेलिकप्टर परिचालन गरिएको छ।
- बाढीले नुवाकोटको त्रिशूली नदीमा फसेका दुई जनाको उद्धारका लागि गएको सेनाको हेलिकप्टर रसुवातर्फ पठाइयो।
- चीनमा परेको वर्षाका कारण भोटेकोशीको बहाव बढ्दा ३ जना प्रहरी र केही मजदुर सम्पर्कविहीन भएका छन्।
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीका कारण हराएकाहरूको खोजीमा हेलिकप्टर परिचालन गरिएको छ । घटनास्थलमा सेनाको हेलिकप्टर पठाइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामचन्द्र तिवारीले रातोपाटीलाई बताए ।
खोज तथा उद्धारमा नुवाकोटको विदुरबाट थप प्रहरी परिचालन गरिएको छ । उनले भने, ‘हेलिकप्टरमार्फत विदुरबाट थप फौज त्यसतर्फ पठाइएको छ ।’
नुवाकोटको त्रिशूली नदीमा फसेका दुई जनालाई उद्धार गर्न परिचालित सेनाको हेलिकप्टर रसुवातर्फ पठाइएको हो । चीनमा परेको वर्षाका कारण भोटेकोशीको बहाव बढ्दा उद्धार गर्न खटिएका ३ जना प्रहरी र टिमुरे स्थित ड्राइपोर्टमा कार्यर केही मजदुरहरू पनि सम्पर्कविहीन भएका छन् ।
बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण