शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीद्वारा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित, उद्धारमा केन्द्रित

मङ्गलबार, २४ असार २०८२, १२ : ०६
मङ्गलबार, २४ असार २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार लागिपरेको जानकारी दिए।
  • उनले निर्धारित कार्यक्रम स्थगित गरी प्रभावित क्षेत्रको उद्धार कार्यबारे रिपोर्टिङ लिइरहेको बताएका छन् ।
  • प्रधानमन्त्रीले बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडितहरूप्रति सहानुभूति प्रकट गरेका छन्।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको जानकारी दिएका छन् । अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यबारे रिपोर्टिङ लिइरहेको प्रधानमन्त्री ओलीले बताएका हुन् ।

उनले यसमा सबैको सहयोगको अपेक्षा गरेका छन् ।  ‘यस दुःखद क्षणमा अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्य बारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु। विपद् सम्भावित क्षेत्रमा आपातकालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ, सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको छ। सरकारी निकायहरूले उद्धारको काम गरिरहेका छन्। त्यसमा सबैको सहयोग अपेक्षा गर्दछु।’

उनले बाढीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपद्को पीडामा रहेका नागरिकप्रति सहानुभूति प्रकट गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाढीले केही नागरिकको ज्यान गएको र केही  बेपत्ता भएका दुःखद खबरहरू आएका छन्। ठुलो भौतिक क्षति पुर्‍याएको छ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप