रसुवामा बाढीको वितण्डा: ५० जनाको उद्धार
सारांश
- रसुवामा आएको बाढीले गोसाइकुण्ड गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ, जसमा १८ जना सम्पर्कविहीन भएका छन्।
- बाढीले नेपाल-चीन सिमानास्थित मितेरी पुल बगाउँदा सवारी आवागमन बन्द भएको छ, र हालसम्म ५० जनाको उद्धार गरिएको छ।
- सम्पर्कविहीन व्यक्तिहरूको खोजी र थप क्षतिको सम्भावनालाई मध्यनजर गर्दै उद्धार कार्य जारी छ।
रसुवा । गएराति रसुवामा एक्कासि आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। चीनतर्फबाट आएको बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले नेपाल–चीन सिमानास्थित मितेरी पुल समेत बगाएको छ । जसका कारण सवारी साधन तथा मानिसहरूको आवत–जावत पूर्ण रूपमा बन्द भएको छ।
उक्त घटनामा हालसम्म ५० जनाको उद्धार भएको छ । पछिल्लो पटक रसुवागढी जलविद्युत आयोजनाको ड्याम साइटमा फसेका १८ जनालाई (जसमा १ जना चिनियाँ पुरुष, १५ जना नेपाली पुरुष र २ जना नेपाली महिला रहेका थिए) नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको उद्धार टोलीले झोलुङ्गे पुलमार्फत उद्धार गरेको हो।
यससँगै हालसम्म उद्धार गरिएकाहरूको संख्या ५० पुगेको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उद्धार गरिएका व्यक्तिहरूमा ४ महिला र ४६ पुरुष रहेका छन्।
बाढीले थप क्षति पुर्याउने सम्भावनाका कारण उद्धार कार्यमा सतर्कता अपनाइएको छ भने सम्पर्कविहीनहरूको खोजी कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण