योगदानमूलक निवृत्तिभरण कोष स्थापनासम्बन्धी विधेयक पारित
सारांश
- कोशी प्रदेशसभामा 'योगदान मुलुक निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' पेश भयो र सर्वसम्मतले पारित भयो।
- प्रदेशसभा सदस्य राजन कार्कीले मन्त्रीको सचिवालयका कर्मचारीले रकम मागेको गुनासोबारे सरकारको धारणा मागे।
- सपना दर्जीले भारतबाट अवैध माछा आयात रोक्न र स्वदेशी माछा कृषकलाई जोगाउनुपर्ने कुरा गरिन्।
मोरङ । कोशी प्रदेशसभाको आजको बैठकमा ‘योगदानमूलक निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सदनमा पेस भएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले उक्त विधेयक सदनमा प्रस्तुत गर्नुभएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो ।
यसअघि शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य राजन कार्कीले पर्यटन, वन तथा वातावरण मन्त्री षदानन्द मण्डलले सचिवालयका कर्मचारी अमृत मेहताको ‘क्युआर कोड’मार्फत आफ्ना मन्त्रालयका कर्मचारीहरूसँग रकम माग गर्ने गरेको व्यापक गुनासो र सामाजिक सञ्जालमा आएपछि सो विषयमा सरकारको आधिकारिक धारणाको माग गरे ।
अर्का सदस्य सपना दर्जीले भारतबाट दैनिक १० टन माछा मोरङ, सुनसरी र झापाबाट अवैध रूपमा आयात हुने गरेकामा नियन्त्रण गरी स्वदेशी माछा कृषकलाई घरवारविहीन हुनबाट जोगाउनुपर्ने धारणा राख्नुभयो । प्रदेशसभाको अर्को बैठक आगामी साउन ७ गते दिनको १ बजे बस्ने सभामुख विष्टले सदनसमक्ष जानकारी गराए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले सामाजिक न्यायसहितको लोकतान्त्रिक प्रणालीप्रतिको प्रतिबद्धता अझ स्पष्ट गर्नुपर्छ : वर्षमान पुन
-
इरान–अमेरिका वार्तामा लेबनान द्वन्द्व मुख्य एजेन्डा
-
रास्वपालाई वर्षमानको सुझाव– थिति बसाउन चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस्
-
सुधार गृह पठाउने तयारी गरिएका युवकको हतियार प्रहारबाट ३ जना घाइते
-
रास्वपालाई लिङ्देनको सुझाव – जनताले दिएको अवसर ऐतिहासिक छ, यसलाई नचुकाउनुस्
-
रास्वपालाई विभिन्न देशका पार्टीले दिए शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण