विद्युत वितरण प्रणाली सुदृढीकरण र ट्रिपिङ समस्या समाधान प्रमुख प्राथमिकतामा : हितेन्द्रदेव शाक्य
सारांश
- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ट्रिपिङ समस्या समाधानका लागि धेरै प्रयास गरेको बताए।
- उनले ग्राहकलाई विश्वसनीय विद्युत सेवा दिन प्रसारण र वितरण सञ्जाल सुदृढीकरण गरेको बताए।
- प्राधिकरणले वितरण प्रणालीलाई चुस्त दुरुस्त राख्न नियमित निरीक्षण र मर्मत सम्भार गर्ने जानकारी दिए।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको नेतृत्व सम्हालेपछि सबै भन्दा बढी आलोचना खेप्नु परेको भनेको ट्रिपिङ समस्यामा भएको बताएका छन् ।
मंगलबार सय दिने प्रगति विवरण सुनाउँदै उनले ट्रिपिङ समस्या समाधानका लागि निकै मेहनत गरेको बताए । ‘ग्राहकहरूलाई विश्वसनीय विद्युत सेवाको सुनिश्चितताका लागि प्रसारण र वितरण सञ्जाल सुदृढीकरण र ऊर्जा सुरक्षाका उपायहरू अपनाई ग्राहक वर्गसम्म विश्वसनीय विद्युत पुर्याउनका लागि आवश्यक कार्य अघि बढाएका छौँ,’ उनले भने, ‘यसको मानाङ्कको रुपमा अन्तर्राष्ट्रिय अभ्यास रहेका विश्वसनीयताको मानाङ्कलाई स्थापित गरिएको छ । तिनै मानाङ्कका आधारमा लाइन ट्रिपिङ अनुगमन गरी सुधारको कार्य अघि बढाइएको छ ।’
उनले हरेक प्रादेशिक/ डिभिजन कार्यालयमा एक जना अधिकृत स्तरको प्राविधिक कर्मचारीलाई जिम्मेवारी दिएर प्रादेशिक/डिभिजन कार्यालय मातहतको वितरण केन्द्रमा रहेका ३३/११ केभी सवस्टेशनहरुको नियमित निरीक्षण, मर्मत सम्भार लगायतको कार्य गरी वितरण प्रणालीलाई चुस्त दुरुस्त राख्ने कार्य अघि बढाएको जानकारी दिए ।
काठमाडौँ उपत्यका भित्र नियमित भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था मिलाउनका लागि उपत्यका भित्र रहेका विभिन्न १७ वटा स्विचिङ तथा सवस्टेशनहरुमा जडान भएका फिडरहरुको सञ्चालन अवस्था स्युटाचारमा रहेको भार प्रेषण केन्द्र मार्फत २४ सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।
गुणस्तरीय, भरपर्दो र नियमित विद्युत आपूर्ति व्यवस्था मिलाउनका लागि विस्तृत ग्रिड सुदृढीकरण आयाेजना तयार पारेको पनि उनले जानकारी दिए ।
सबै ग्रिड महाशाखा तथा शाखाहरूमा आफू मातहतका सवस्टेशनहरुको नियमित निरीक्षण, मर्मत सम्भार लगायतको कार्य गरी प्रसारण प्रणालीलाई चुस्त दुरुस्त राख्न इन्जिनियरको व्यवस्था गरेको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण