दाउराको जोहो गर्न गएका तामाङ दम्पती बाढीमा फसेपछि...
सारांश
- नुवाकोटमा दाउरा खोज्न गएका तामाङ दम्पतीलाई बाढीले फसेपछि हेलिकप्टरबाट उद्धार गरिएको छ।
- रसुवाबाट आएको बाढीमा फसेका उनीहरूले करिब एक घण्टा रुखमा चढेर ज्यान जोगाए।
- प्रहरीले बाढी आउने बारेमा जानकारी गराए पनि दम्पतीले बेवास्ता गर्दा घटना भएको हो।
नुवाकोट । बर्खाका लागि खाना पकाउने दाउराको जोहोमा लागेका नुवाकोटका एक तामाङ दम्पती अचानक बाढीमा फसेपछि मंगलबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।
दाउरा खोज्न घरबाट केही परको खोलामा पुगेका नुवाकोटको विदर नगरपालिका–९ का ६७ वर्षीय पाल्देन तामाङ र उनकी ६२ वर्षीय पत्नी मंगलीमाया तामाङले करिब १ घण्टा सिसौको रुखमा चढेर ज्यान जोगाएका हुन् ।
तामाङ दम्पती रसुवातिरबाट आएको बाढीमा फसेका थिए । झिसमिसेमै दाउरा संकलनका लागि हिँडेका पाल्देन र उनकी श्रीमती खोलामा पुगेलगत्तै बाढीमा पसेका थिए ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार पाल्देन दम्पती दैनिक दाउरा काट्न सो क्षेत्रमा पुग्ने गरेका थिए ।
सोही क्रममा मंगलबार पनि उनीहरू दाउरा सङ्कलन गर्न खोला किनारमा पुगेको र बाढीमा फसेको प्रहरी नायब उपरीक्षक लामाले बताए । रसुवाबाट बगेर आएको बाढी नुवाकोटको त्रिशुलीमा मिसिएपछि खोलाको बेग उच्च भएको उनले बताए ।
किस्पाङ गाउँपालिका–४ साल्मे स्थायी घर भई हाल विदुर नगरपालिका–९ मिलन चौतारामा बस्दै आएका तामाङ दम्पती नदी छेउतिर रुखका सुकेका हाँगा बटुल्न थालेका थिए । अचानक त्रिशुलीको बेग बढेको अनुभूति भएपछि उनीहरू नजिकै रहेको सिसौको रुखमा चढे र डोकोलाई हाँगामा झुन्ड्याए ।
घटना त्रिशूली बसपार्क नजिक भएकाले स्थानीयले उनीहरूलाई देखे । त्यसपछि होहल्ला भयो । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूको उद्धार गरियो । एक घण्टा रुखमा बिताएका उनीहरूलाई उद्धारपछि स्वास्थ्य परीक्षणपछि घर पठाइएको प्रहरी नायब उपरीक्षक लामाले बताए । स्वास्थ्य परीक्षणका क्रममा उनीहरूमा कुनै समस्या नदेखिएको बताइएको छ ।
घटना हुनुपूर्व नै प्रहरीले सुरक्षा सतर्कता अपनाउन र खोला किनारमा नजान माइकिङसमेत गरेको थियो । बिहान ४ बजेदेखि नै प्रहरीले बाढी आउनेबारे जानकारी गराएको लामाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण