नेसपाद्वार इजरायली कदमको भर्त्सना, बाढी प्रभावितलाई उद्धार र क्षतिपूर्ति दिन सरकारसँग आग्रह
सारांश
- नेसपाले इजरायलद्वारा प्यालेस्टिनीमाथि गरिएको नरसंहारको भर्त्सना गरेको छ।
- पार्टीले प्यालेस्टिनी जनताको मानव अधिकार रक्षाका लागि युद्ध रोक्न अपिल गरेको छ।
- पार्टीले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहतको व्यवस्था गर्न माग गरेको छ।
काठमाडौँ । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले प्यालेष्टाइनी जनतामाथि इजरायलले गरिरहेको क्रुर अमानवीय नरसंहारको भर्त्सना गरेको छ ।
मंगलबार नेसपाले विज्ञप्ति मार्फत इजरायली कदमको भर्त्सना गरेको हो । साथै प्यालेष्टाइनी जनताको मानव अधिकार तथा बाँच्न पाउने अधिकारको रक्षार्थ तत्काल युद्ध रोक्न पहल गर्नका लागि सम्बन्धित निकायहरूसँग अपिल गरेको छ ।
‘लामो समयदेखि जारी मध्यपूर्वका देशहरू इजरायल र प्यालेष्टाइनबिचको तनावले पछिल्लो केहि महिनादेखि उग्र रूप लिएको छ । इजरायलले प्यालेष्टाइनी जनतामाथि गरिरहेको क्रुर अमानवीय नरसंहारको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ । प्यालेष्टाइनी जनताको मानव अधिकार तथा बाँच्न पाउने अधिकारको रक्षार्थ तत्काल युद्ध रोक्न पहल गर्नका लागि सम्बन्धित निकायहरूसँग हाम्रो पार्टी अपिल गर्दछ। वार्ता संवाद सहित प्यालेष्टाइनी जनताका उचित मागहरू पुरा गर्न तथा मानवअधिकार र मानवतावादको रक्षार्थ अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध पनि गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
यही असार २७ गते दिउसो २ बजे शान्ति वाटिका रत्नपार्कमा प्यालेष्टाइनी जनताको जीवन रक्षा मानवअधिकार तथा न्यायको पक्षमा गरिने जनप्रदर्शन कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।
यसैगरी मंगलबार बिहान भोटेकोशी, त्रिशुली नदी लगायतमा आएको बाढी तथा पहिरोले भएको मानवीय र भौतिक क्षति प्रति हाम्रो पार्टी दुःख व्यक्त गरेको छ । विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन, उदार, राहत र क्षतिपूर्तिको उचित व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण