बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकाको २० भन्दा बढी सहरमा 'सोलफुल यु.एस.ए यात्रा' गर्दै महेश र अस्मिता

मङ्गलबार, २४ असार २०८२, १७ : ५५
मङ्गलबार, २४ असार २०८२

सारांश

  • गायिका अस्मिता अधिकारी र गायक महेश काफलेको साङ्गीतिक कार्यक्रम 'सोलफुल यु.एस.ए यात्रा' घोषणा गरियो।
  • यो सांगीतिक यात्रा २०२५ को अगस्टदेखि अक्टोबरसम्म अमेरिकाका २० भन्दा बढी शहरहरूमा आयोजना हुनेछ।
  • महेश र अस्मिताले अमेरिकामा रहेका नेपाली समुदायमाझ गीत गाउने अवसर पाउनेमा खुसी व्यक्त गरे।

काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक महेश काफलेको संयुक्त साङ्गीतिक कार्यक्रम 'सोलफुल यु.एस.ए यात्रा' घोषणा भएको छ। उक्त साङ्गीतिक टुर सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी विभिन्न सहरहरूमा आयोजना हुने मंगलबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । 

'ओनेस्ट रियल इस्टेट' द्वारा प्रस्तुत र 'थ्री ई इन्टरटेन्मेन्ट' द्वारा व्यवस्थापन गरिएको यो यात्रा कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, कनेक्टिकट, एशबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनिया लगायतका २० भन्दा बढी अमेरिकी सहरहरूसम्म पुग्नेछ । महेश र अस्मिताको अमेरिकाको विभिन्न सहरहरूमा राम्रो डिमान्ड भएकाले पनि यो साङ्गीतिक यात्राको आयोजना गरिएको  थ्री ई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अन्जान बुढाथोकीले जानकारी गराए । 

यता महेश र अस्मिताले पनि आफूहरू यो साङ्गीतिक टुरको लागी निकै नै उत्साहित रहेको बताए । अमेरिकामा रहेका नेपाली समुदायहरु माझ नजिक पुगेर गीत सुनाउने मौका रहेको भन्दै  खुसी व्यक्त गरे । महेश र अस्मिताको ‘लजावती झार’, ‘नाच फिरिरि’ र ‘लाइटरले बिडी सल्केको’ जस्ता गीतहरू हिट छन्।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप