अर्थतन्त्रलाई दोहोरो अङ्कको वृद्धिमा लैजान ‘पाँच गुणा’ले लगानी वृद्धि आवश्यक : सांसद चौधरी
काठमाडौँ । नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष तथा सांसद विनोद चौधरीले मुलुकको अर्थतन्त्रलाई दोहोरो अङ्कको वृद्धि दरमा फर्काउन र ५० अर्ब डलरको लक्ष्य हासिल गर्न हालको लगानीको दरलाई पाँच गुणाले बढाउनुपर्ने औँल्याएका छन् ।
मंगलबार आयोजित परिसंघको २२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकार, निजी क्षेत्र र सबै सरोकारवाला निकायले मिलेर स्पष्ट खाकासहित अगाडि बढेमा मात्र यो लक्ष्य सम्भव हुने बताए ।
सन् २००६ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको पहिलो कार्यकालमा परिसंघले दोहोरो अङ्कको आर्थिक वृद्धिको खाका प्रस्तुत गरेको स्मरण गर्दै चौधरीले १९ वर्षपछि फेरि पनि देश त्यही मोडमा उभिएको बताए ।
“त्यतिबेला पनि हामीले पर्यटन, जलविद्युत् र कृषिमा आधारित उद्योगलाई विकासको मुख्य आधार मानेका थियौँ, आज पनि ती क्षेत्र उत्तिकै सान्दर्भिक छन्,“ उनले भने, “तर अब हामीले लगानीको गति र स्तरलाई अभूतपूर्व रूपमा बढाउनुपर्छ।“
उनका अनुसार हाल नेपालको वार्षिक पुँजीगत खर्च करिब २ अर्ब डलरको हाराहारीमा छ। ५० अर्ब डलरको अर्थतन्त्र बनाउन र दोहोरो अङ्कको वृद्धि हासिल गर्न यो लगानीलाई कम्तीमा पाँच गुणा, अर्थात् १० अर्ब डलर वार्षिक पुँजीगत खर्च पुर्याउनुपर्ने उनले बताए ।
उनले बजेट र मौद्रिक नीतिबिच तालमेलको अभावले विगतमा बजार चलायमान हुन नसकेको उल्लेख गर्दै आगामी मौद्रिक नीतिले लगानी विस्तार र बजारलाई चलायमान बनाउन सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण