गण्डकीमा घरेलु मदिरा उत्पादन गर्ने बाटो खुल्यो
सारांश
- गण्डकी प्रदेशमा घरेलु मदिरा उत्पादनको कानुनी बाटो खुलेको छ, जसले उद्योग दर्ता गर्न सहजीकरण गर्नेछ।
- ऐन संशोधनले स्थानीय कच्चा पदार्थमा आधारित मदिरा उत्पादनलाई प्रोत्साहन गर्नेछ, जसले राजस्व वृद्धिमा सहयोग गर्नेछ।
- संसद्मा विचाराधीन घरेलु मदिरासम्बन्धी विधेयकलाई सहयोग पुर्याउन औद्योगिक व्यवसाय ऐन संशोधन गरिएको हो।
पोखरा । गण्डकी प्रदेशमा घरेलु मुदिरा उत्पादनको कानुनी बाटो खुलेको छ ।
संसद्बाट पारित भएको गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐनको संशोधन विधेयकले घरेलु मदिरा उत्पादनलाई सहजीकरण गरेको हो । २०७५ सालमा यो ऐन बनेको थियो । सरकारले ऐनमा संशोधन गरेको हो ।
संशोधन विधेयकमा स्थानीय कच्चा पदार्थमा आधारित घरेलु वा रैथाने मदिरा उत्पादन गर्ने उद्योग दर्ता गर्न सकिने गरी नयाँ प्रावधान ल्याएको छ । सांसदहरूले यसलाई सकारात्मक कदम भनेका छन् । सांसद देवका पहारीले ऐनको संशोधनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने बताइन् ।
‘स्थानीय कच्चा पदार्थमा आधारित घरेलु वा स्थानीय वा रैथाने मदिरा उत्पादन गर्ने उद्योग दर्ता गर्न यस उपदफाले बाधा पुर्याएको मानिने छैन भन्ने बुँदा अत्यन्त सकारात्मक छ,’ उनले भनिन् । घरेलु मदिरासम्बन्धी छुट्टै विधेयक संसद्मा विचाराधीन छ । सोही विधेयकलाई सहयोग पुग्ने गरी औद्योगिक व्यवसाय ऐन संशोधन गरिएको हो ।
मन्त्री विन्दुकुमार थापाले घरेलु मदिरा उत्पादन गर्ने उद्योग विधेयकमा ल्याइएको र यसले प्रदेशको राजस्व बढ्ने दाबी गरे । ‘स्थानीय कच्चा पदार्थमा आधारित घरेलु मदिरा उद्योग दर्ता गर्न सक्ने प्रावधान यो संशोधनमा ल्याइएको छ,’ उनले भने, ‘यसले प्रदेशको राजस्व, आयआर्जन र रोजगारीमा समेतसहयोग गर्ने अपेक्षा लिएका छौँ ।’
विधेयकले कच्चा पदार्थ प्रयोग गरेर घरेलु तथा रैथाने मदिरा उत्पादन गर्ने उद्योगलाई कानुनी रूपमा दर्ता गर्न बाटो खोलेको छ । यसलाई प्रदेशको राजस्व, आयआर्जन र रोजगारी बढाउने एक महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ । संसद्मा विचाराधीन रहेको घरेलु मदिरासम्बन्धी विधेयक यही अधिवेसनबाट पारित गर्ने संसदको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण