भूमि सम्बन्धी विधेयक संसद्को कार्यसूचीबाट हटाइयोस् : महामन्त्री शर्मा
सारांश
- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि सम्बन्धी ऐन संशोधन विधेयकमा सहमति जुटाउनुपर्ने बताए।
- उनले पर्याप्त गृहकार्य बिना विधेयक अघि बढाउन खोजिएकोमा आपत्ति जनाए, संशोधनको माग गरे।
- शर्माले सरकारलाई विधेयक 'लटरपटर' नगरी पूर्व सहमति खोज्न र कार्यसूचीबाट हटाउन आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक सहमति जुटाएर मात्र अघि बढाउनुपर्ने बताएका छन् ।
विधेयक आज संसद्मा प्रस्तुत गर्न लागिएकोमा आपत्ति जनाउँदै उनले यो विधेयकलाई संशोधन गरेर सहमति जुटाउन जरुरी रहेको उल्लेख गरेका छन् । पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरि संसदमा प्रस्तुत हुनलागेकोमा आफ्नो विमति रहेको शर्माले बताए ।
लटरपटर गरेर विधेयक अघि बढाउने प्रयास नगर्न उनले सरकारलाई आग्रह गरेका छन् । यसमा पूर्व सहमति या संसदीय समितिमा छलफल आवश्यक रहेको भन्दै उनले आजलाई कार्यसूचीबाट हटाउन माग गरेका छन् ।
`भुमि सम्बन्धि केही नेपाल ऎन संशोधन विधेयक´ स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ ! पर्याप्त गृहकार्य नगरी `सोझै पारित गर्नेगरि´ संसदमा प्रस्तुत हुनलागेकोमा खुला विमती छ !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 8, 2025
`लटरपटर´ नगरौं, पुर्व सहमति खोजौं कि
समितिमा पठाउँ l अन्यथा आजलाई कार्यसुचिबाट हटाइयोस् - `भुमि विधेयक´! pic.twitter.com/FxFHoTXnm2
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण