बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

फेवाताल सफाइमा जुटे छोरेपाटनका युवा (तस्बिरहरू)

बुधबार, २५ असार २०८२, ०९ : ४३
बुधबार, २५ असार २०८२

सारांश

  • पोखरामा रहेको फेवातालमा फोहोर बढेपछि पर्यटक चिन्तित भएका छन्।
  • फेवाताल सफा गर्न युवा समूह सक्रिय छन्, तर महानगरको बेवास्ताले समस्या छ।
  • मनसुनमा फोहोर खोला हुँदै तालमा पुग्छ भने सुक्खामा किनारमा जम्मा हुन्छ।

पोखरा । आन्तरिक मात्र नभई विदेशी पर्यटकको पनि प्रमुख गन्तव्य हो पोखरा । त्यसमा पनि फेवातालले धेरैलाई लोभ्याउँछ। माछापुच्छ्रेको छाया देखिने फेवातालमा डुङ्गा सयर गर्न कसलाई रमाइलो नलाग्ला र ।

फेवातालमा बढेको फोहोरले भने पर्यटकलाई खिन्न बनाउँछ । प्लास्टिकलगायत अन्य फोहोरले फेवातालको सौन्दर्यमा असर गरेको छ । विशेषगरी ड्यामसाइड क्षेत्रमा बढी फोहोरको समस्या रहेको छ ।

फेवातालको सुन्दरता बचाउन छोरेपाटनका केही युवा लागिपरेका छन् । उनीहरू फेवातालको फोहोर हटाउँदै फोहोर नफाल्न सचेतना पनि बढाइरहेका छन्। करिब २० जनाको समूहले ड्याम साइड वरपरबाट ठुलो मात्रामा फोहोर सङ्कलन गरेका छन्। उनीहरुले नियमित रूपमै सरसफाइ गर्ने गरेका छन् तर केही दिनमै फेरि जम्मा भइहाल्ने समस्या रहेको छ।

यो ठाउँ पोखरा महानगरपालिकाको १७ नम्बर वडामा पर्छ। उनीहरुले समय–समयमा फोहोर उठाउने गरेका छन् । महानगरपालिकाले फोहोर देखेर पनि कुनै चासो नराखेको उनीहरूको गुनासो छ ।

मनसुनको समयमा पोखराको फोहोर फिर्के खोला हुँदै फेवातालमा आइपुग्छ । यसैगरी सुक्खा समयमा फेवातालको पानी घट्दा सबै फोहोर ड्याम साइडमा जम्मा हुन्छ। तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

02-Phewa lake waste Managed_Nepal photo library503-Phewa lake waste Managed_Nepal photo library404-Phewa lake waste Managed_Nepal photo library205-Phewa lake waste Managed_Nepal photo library306-Phewa lake waste Managed_Nepal photo library607-Phewa lake waste Managed_Nepal photo library708-Phewa lake waste Managed_Nepal photo library809-Phewa lake waste Managed_Nepal photo library910-Phewa lake waste Managed_Nepal photo library1011-Phewa lake waste Managed_Nepal photo library1112-Phewa lake waste Managed_Nepal photo library1213-Phewa lake waste Managed_Nepal photo library1314-Phewa lake waste Managed_Nepal photo library1415-Phewa lake waste Managed_Nepal photo library1516-Phewa lake waste Managed_Nepal photo library1617-Phewa lake waste Managed_Nepal photo library1718-Phewa lake waste Managed_Nepal photo library1819-Phewa lake waste Managed_Nepal photo library18 (1)20-Phewa lake waste Managed_Nepal photo library1921-Phewa lake waste Managed_Nepal photo library2022-Phewa lake waste Managed_Nepal photo library2123-Phewa lake waste Managed_Nepal photo library2224-Phewa lake waste Managed_Nepal photo library23

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप