स्याफ्रुवेशी–टिमुरे सडक खण्डकाे पहिरो हटाउँदै सेना
बुधबार, २५ असार २०८२, ११ : १९
सारांश
- रसुवाको स्याफ्रुबेशी-टिमुरे सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ।
- पहिरो हटाउन रसुवागढी क्षेत्रमा सेना परिचालन गरिएको छ।
- असार २४ मा आएको बाढीले गर्दा १९ जना सम्पर्कविहीन भएका छन्।
काठमाडौँ । रसुवाको स्याफ्रुवेशी–टिमुरे सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । स्याफ्रुवेशी हुँदै टिमुरे जाने सडकमा गएको पहिरो हटाउन श्रीनाथ गणको टोली गोसाईंकुण्ड गाउँपालिका–५ चिलिमे हाइड्रोपावर क्षेत्रमा परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पहिरो पन्छाउन र गोसाईंकुण्ड गाउँपालिका–५ स्थित रोंगापुल क्षेत्रमा पनि सेना खटिएको छ । असार २४ मा आएको बाढीका कारण गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढी क्षेत्र अस्तव्यस्त छ ।
नेपाल–चीन सिमानामा बग्ने लेन्डेखोलामा आषाढ २४ मा आएको बाढीको कारण १९ जना सम्पर्कविहीन भएका छन् । पहिरोका कारण स्य्राफ्रुवेशी र टिमुरेको सम्पर्क पनि टुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण