माल्टाको समुद्रमा डुबेर एक नेपाली युवाको मृत्यु
बुधबार, २५ असार २०८२, १२ : १२
सारांश
- माल्टामा रोजगारीको लागि गएका नवलपरासीका रोबर्ट न्यौपानेको समुद्रमा डुबेर मृत्यु भयो।
- माल्टाको स्लेइमा बिच साइडमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको हो।
- गैरआवासीय नेपाली सङ्घ माल्टाले न्यौपानेको शव नेपाल पठाउन आर्थिक सहयोगको अपिल गरेको छ।
काठमाडौँ । रोजगारीको सिलसिलामा माल्टामा रहेका नवलपरासी (पूर्व) का २४ वर्षीय रोबर्ट न्यौपाने (एलिश) को समुद्रमा डुबेर मृत्यु भएको छ।
स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे माल्टाको स्लेइमा बिच साइडमा पौडी खेल्ने क्रममा डुबेर उनको ज्यान गएको गैरआवासीय नेपाली सङ्घ माल्टाका अध्यक्ष रेम्स खनालले रातोपाटीलाई जानकारी दिए । हाल ओर्मी क्षेत्रमा बसोबास गर्दै आएका न्यौपाने विगत २० महिनादेखि माल्टामा कार्यरत थिए।
न्यौपानेको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग आवश्यक परेकाले सहयोग सङ्कलन सुरु गरिएको जनाइएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण