बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मौद्रिक नीतिले पुँजी बजारलाई चलायमान बनाउनुपर्छ : सांसद चौधरी

बुधबार, २५ असार २०८२, १३ : २४
बुधबार, २५ असार २०८२

सारांश

  • सांसद विनोद चौधरीले मौद्रिक नीतिले पुँजी बजारलाई चलायमान बनाउनुपर्ने बताए।
  • उनले कसिलो नीतिका कारण सर्वसाधारण समस्यामा परेको र बजारलाई पुन: संरचना गर्नुपर्ने धारणा राखे।
  • चौधरीले साना उद्यम र स्टार्टअपमा कर्जा बढाउनुपर्नेमा जोड दिए।

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले मौद्रिक नीतिले पुँजी बजारलाई चलायमान बनाउनु आवश्यक रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद चौधरीले यस्तो बताएका हुन् ।

कसिलो नीतिले सर्वसाधारण समस्यामा परेको उल्लेख गरे । उनले भने– ‘क्यापिटल मार्केटलाई रिभाइभ गर्नुपर्छ । यस क्षेत्रको कसिलो नीतिले समस्या निम्त्याएको छ ।’

उनले पुँजी बजारलाई पुनः संरचना पनि गर्नुपर्ने बताए । उनले रेमिट्यान्सबाट आएको रकम बजारमा अहिले नआएको बताए । 

सीमित व्यवसायीले मात्रै बैंकको कर्जा प्रयोग गरे भन्ने आरोप सत्य नभएको बताए । उनले मौद्रिक नीतिमा साना उद्यम र स्टार्टअप उद्यममा कसरी  कर्जा बढाउने भन्ने विषयलाई प्राथमिकता दिनु आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप